सोसल मिडिया
Contact Us
युनिकोड
धनुषा, ७ जेठ । धनुषाको मिथिला विहारी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा केकपा (माओवादी केन्द्र) विजयी भएको छ । नेकपा (एमाले)का अनिलकुमार यादवलाई २१० मतान्तरले हराउँदै प्रमुखमा कांग्रेसका राजेन्द्रप्रसाद यादव विजयी भएका हुन । राजेन्द्रले ४३०४ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी पूर्व प्रमुखसमेत रहनुभएका अनिलले ४०९४ मत प्राप्त गरे । उपप्रमुखमा भने नेकपा माओवादीकी शोभादेवी साह विजयी भएका हुन् । साहले ३३३० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) की अनिता कुमारीले २७९७ मत प्राप्त गरिन् ।
सबैला नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी
सबैला नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादीका उम्मेदवार विजयी भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार माओवादीका कारीराम यादव प्रमुखमा र रहीमा खातुन उपप्रमुखमा निर्वाचित भएका हुन् । प्रमुखमा निर्वाचित यादवले चार हजार २१२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगत सुन्दर साहले चारहजार ०७६ मत प्राप्त गरे । उपप्रमुखमा माओवादीकी खातुनले चार हजार ६९९ मतसहित विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी किरणकुमारी कापरले तीन हजार ६०४ मत प्राप्त गरिन् ।
धनुषाको गणेशमान चारनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस
धनुषाको गणेशमान चारनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार नेपाली कांग्रेसका जीतनारायण यादव प्रमुखमा र तुलसाकुमारी पाण्डे उपप्रमुखमा निर्वाचित भएका हुन् । प्रमुखमा निर्वाचित यादवले तीन हजार १०८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका रामचलितर यादवले दुई हजार ७६० मत प्राप्त गरे । उपप्रमुखमा नेपाली कांग्रेसकी पाण्डेले तीन हजार २८३ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालकी गणिताकुमारी महतोले दुई हजार ४२९ मत प्राप्त गरिन् ।
धनुषाको हंसपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस
धनुषाको हंसपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा कांग्रेसका प्रदीप यादवले चार हजार ४०९ मतका साथ विजयी भएकामा निकटतम प्रतिस्पर्धी लोसपा पूर्वप्रमुख रामज्ञान मण्डलले दुईहजार ८१५ मत प्राप्त गरे । उपप्रमुखमा पनि कांग्रेसकी दुर्गा देवी चार हजार ४६५ मत ल्याएर विजयी भएकामा निकटतम प्रतिद्वन्द्वी लोसपाकी दिपिका क्षेत्रीले २९०३ मत प्राप्त गरिन् ।