सोसल मिडिया
Contact Us
युनिकोड
जेठ ७, अर्घाखाँची । र्घाखाँचीमा जिल्ला समन्वय समिति गठनका लागि नेकपा एमालेको स्पष्ट बहुमत आएको छ । स्थानीय तह प्रमुख र उपप्रमुखले मतदान गर्ने जिल्ला समन्वय समितिका लागि अर्घाखाँचीबाट ६ प्रमुख र ६ उपप्रमुख छन् । ६ स्थानीय तहहरुकाे नतिजा सार्वजनिक हुँदा जिल्ला समन्वय समिति निर्माणकाे लागि नेकपा एमालेकाे स्पस्ट बहुमत देखिएको हो । एमालेले ६ स्थानीय तहमध्ये तीन पालिकामा प्रमुख र उपप्रमुख हात पारेकाे छ भने थप दुई पालिकामा उपप्रमुख जितेकाे छ ।
सात जना मतदाता भए बहुमत पुग्नेमा एमालेले मात्रै ३ प्रमुख र ५ उपप्रमुख जितिसकेको छ । सन्धिखर्क नगरपालिकासहित पाणिनी गाउँपालिका र मालारानी गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको एमालेले शितगंगा र छत्रदेवमा उपप्रमुख जितेको छ ।काँग्रेसले १ प्रमुख र १ उपप्रमुख जितेको छ भने जनमाेर्चाले एक प्रमुख र माओवादी केन्द्रले एक उपप्रमुख जितेकाे छ । जिल्ला समन्वय समितिका लागि स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यले उम्मेदवारी दिन पाउछन् । मत भने स्थानीय तह प्रमुख र उपप्रमुखले मात्रै दिन पाउने व्यवस्था छ ।