डाक्नेश्वरीको प्रमुख र उपप्रमुखमा एमाले विजयी

आइतबार, जेठ ८, २०७९

सप्तरी, ८ जेठ ।  सप्तरीको डाक्नेश्वरी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा  नेकपा एमाले विजय भएका छन्। एमालेबाट प्रमुखमा उम्मेदवारी दिएका रामलखन मलाह र  उपप्रमुखमा उम्मेदवारी दिएकी मीराकुमारी यादव विजयी भएका हुन्।मलाहले ५ हजार ८५४ मत प्राप्त गरि विजय भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण यादवले ५ हजार ३९६ मत प्राप्त गरे।उपप्रमुखमा एमालेकै मीरा कुमारी यादवले ६ हजार १९७ मत प्राप्त गरि विजय भए।उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकी इन्दुकुमारी यादवले ५ हजार २०९ मत प्राप्त गरिन्।

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १६:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार