वीरगञ्ज महानगरमा जसपाका राजेशमान सिंह निर्वाचित

मंगलबार, जेठ १०, २०७९

वीरगञ्ज, १० जेठ । वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  प्रमुख पदमा जनता समाजवादी पार्टी ९जसपा० का राजेशमान सिंह ४६ हजार २१५ मतप्राप्त गरी  विजयी भएका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा  उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बिजयकुमार सरावगीले २३ हजार ६७१ मत प्राप्त गरे । 
आफ्ना निकटतम प्रतिद्वन्द्वी वीरगञ्जका निवर्तमान नगरप्रमुख सरावगीलाई २२ हजार ५४४ मतान्तरले पराजित गर्दै सिंह  मधेश प्रदेशको एकमात्र महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन् । 
यसैगरी उपप्रमुख पदमा  गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस इम्तियाज आलम कूल २५ हजार १५८ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का  पुरुषोत्तमलाल झाले छ हजार ७१९ मत प्राप्त गरे । निर्वाचन कार्यालयले मतपरिणामको आधिकारिक घोषणा गर्न भने बाँकी नै छ ।
महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का बीच एक समूह बनाएर सिंहलाई उम्मेदवार बनाइएको थियो भने एमाले र लोसपाले समूह बनाएर सरावगीलाई  उम्मेदवार बनाएका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १०:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
ललितपुर महानगरको बजेट पारित
मंगलबार, जेठ १०, २०७९