तनहुँमा पाँच पालिका प्रमुख र उपप्रमुखमा कांग्रेस

मंगलबार, जेठ १०, २०७९

तनहुँ, १० जेठ । स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँमा नेपाली कांग्रेसले २५० सिटमा विजयी भएको छ । उक्त सङ्ख्यामा विजयी हासिल गरेसँगै कांग्रेस पहिलो ठूलो पार्टी बनेको छ । जिल्लाको १० पालिकामध्ये पाँच पालिकामा प्रमुख र पाँच पालिकामा उपप्रमुखसहित कांग्रेस उक्त सङ्ख्यामा विजयी भएको हो । दश पालिकामा प्रमुख र उपप्रमुख गरी जिल्लाभरी बीस जना उम्मेद्वार विजयी भएको जिल्ला निर्वाचन कार्यालयकी कम्पयुटर अप्रेटर दुर्गामाया आलेले जानकारी दिए । वडाध्यक्ष ८५, महिला सदस्य ८५, दलित महिला सदस्य ८५ र वडा सदस्य १७० गरी कूल ४४५ जना उम्मेदवार विजयी भएको उनले बताए । कांग्रेस वडाध्यक्ष ४६, महिला सदस्य ४७, दलित महिला सदस्य ४७ र वडा सदस्य १०० मा विजयी भएको छ ।  त्यसैगरी नेकपा एमाले दोस्रो स्थानमा रहेको छ । एमालेबाट चार प्रमुख र दुई उपप्रमुखसहित १५५ सिटमा विजयी भएको छ । वडाध्यक्ष २८ महिला र दलित महिला ३२÷३२ र वडा सदस्य ५७ सिटमा विजयी गरेको छ । 
त्यसैगरी नेकपा माओवादी केन्द्रले एक प्रमुख र तीन उपप्रमुखसहित ३४ सिटमा विजयी भएर तेस्रो स्थानमा रहेको छ । वडाध्यक्ष सात, महिला सदस्य पाँच, दलित महिला सदस्य छ र वडा सदस्य १२ वटामा विजयी भएको हो । त्यसैगरी, स्वतन्त्रबाट चार वडाध्यक्ष, एक महिला सदस्यमा विजयी भएको छ भने राप्रपाले एक वडा सदस्यमा विजयी भएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।–रासस

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १४:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
ललितपुर महानगरको बजेट पारित
मंगलबार, जेठ १०, २०७९