नगरकार्यपालिका सदस्य निर्वाचनको लागि बर्दिबासमा तीन दलीय गठबन्धन

बुधबार, जेठ ११, २०७९

महोत्तरी, ११ जेठ  । नगर कार्यपालिका सदस्य निर्वाचनका लागी बर्दिबास नगरपालिकामा तीन दलीय गठबन्धन बनेको छ । नगर कार्यपालिकाको ८ सदस्य निर्वाचनको लागि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन गर्ने सहमति भएकाे हाे । नेकपा एमालेले ३, माओवादी केन्द्रले ३ र कांग्रेसले २ जना पाउने गरी सहमति भएको माओवादी केन्द्रका नेता राजन ढुंगानाले जानकारी दिए  । बर्दिबास नगरपालिकाभित्र निर्वाचित जनप्रतिनिधिहरूको संख्याको आधारमा भागबण्डा गरिएको हो ।

बर्दिबासमा वडा अध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा एमालेले २४, माओवादी केन्द्रले २५ र  कांग्रेसले १३ जनप्रतिनिधिहरु निर्वाचित  भएका छन । कार्यापालिका सदस्य विजयी गराउन सहमति जनाउदै एमालेका जिल्ला इन्चार्ज टेकबहादुर बलाम्पाकी, माओवादी केन्द्रका जिल्ला इन्चार्ज राजु खडका र  कांग्रेसका नेता चिरञ्जीवी हमालले सयुक्त हस्ताक्षर गरेका छन् ।Avatar

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १६:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार