आज थपिए २१ जना कोरोना संक्रमित 

बिहीबार, जेठ १२, २०७९

काठमाडौं, १२ जेठ । नेपालमा बिहीबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३८२८ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित फेला परेका हुन् । ३८२८ जनामध्ये पनि २०२५ जनाको पिसिआर तथा १६०३ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । पिसिआर परीक्षणमा १४ जना तथा एन्टिजे परीक्षणबाट ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहीबार १३ जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् । नेपाल भर थप ६३३८५ जनाले खोप लगाएका छन् । 
आज थपिएका सहित मुलुक भर १२९ जना संक्रिय संक्रमित रहेका छन् । नेपालमा कोरोना संक्रमणबाट निको हुने दर झण्डै ९८.८ प्रतिशत रहेको छ । हालसम्म ९६७०२४ जना कोरोनाका बिरामी निको भएका छन् । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ११९५२ जना पुगेको छ । यो १.२ प्रतिशतको मृत्यु दर हो । 
कोरोनाको संक्रमण दर घटेसँग क्वारेन्टाइनमा बस्ने बिरामीको संख्या पनि शुन्यमा झरेको छ । खोप अभियान सुरु भएपछि हालसम्म ४२६८०५२१ मात्रा खोप नेपालमा भित्रिएको छ । एक मात्रा लगाउनेको संख्या १८९८६२३० छ भने पूर्ण मात्रा लगाउनेको संख्या १९७९६६३६ जना रहेका छन भने ३८९७६५५ जनाले अतिरिक्त मात्रा लगाएका छ । नेपालमा हालसम्म ५३३८१५७० मात्रा खोप भित्रिएको छ । २९१९२४८० जनसंख्या मध्ये एक मात्रा खोप लगाउनेको संख्या २३३६७३९१ जना अर्थात ६.६ प्रतिशतले लगाएका छन् । १९७९६६३६ जना अर्थात ६७.८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । 
१२ वर्ष देखि माथिका २३३२७६१९ जनालाई खोप लगाएको  लक्ष्य लिइएकोमा एक मात्रा लगाउनेको संख्या २३३२७६१९ पुगेको छ यो ९५.९ प्रतिशत हो । पूर्ण मात्रा खोप लगाउएका १९७९६६३६ अर्थात ८४.९ प्रतिशत पुगेको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १६:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार