सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल पब्लिक क्याम्पस संघ बागमती प्रदेश कमिटी गठन भएको छ । शनिबार राजधानीमा सम्पन्न भेलाले धुुलिखेल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सागरमणि तिवारीको संयोजकत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । कमिटीको सह–संयोजकमा कान्तिपुर क्याम्पस काठमाडौंका शैलेन्द्र कुइँकेल, सचिवमा पशुपति बहुमुखी क्याम्पसका चन्द्र पन्त, सहसचिवमा आदर्श बहुमुखी क्याम्पस धादिङका विष्णुप्रसाद कोइराला, कोषाध्यक्षमा जनभावना क्याम्पस प्राध्यापक संघका अध्यक्ष दीपक कुमार शर्मा चयन भएका छन् । विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. भीमप्रसाद सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष शिवराज सञ्जेल विशेष अतिथिको रुपमा सहभागी भएका थिए ।
यसैबीच, प्रदेश कमिटीको कोषाध्यक्षमा निर्वाचित भएका दीपक कुमार शर्मालाई जनभावना क्याम्पसले सोमबार बधाई तथा सम्मान कार्यक्रमको आयोजना ग¥यो । बधाई तथा सम्मान कार्यक्रममा क्याम्पस प्रमुख शिवराज सञ्जेलले नवनिर्वाचित कोषाध्यक्ष शर्मालाई खादा तथा अविर लगाइ दिएका थिए । उक्त समारोहमा जनभावना क्याम्पस सञ्चालक समितिका सदस्य रामहरि घिमिरे, क्याम्पसका सहायक प्रमुखद्वय निर्मल न्यौपाने, गोविन्द सञ्जेलसहित विभागिय प्रमुखहरुको उपस्थिति थियो । क्याम्पसका उपप्राध्यापक तथा कर्मचारीहरुको उपस्थितिका बीच भएको कार्यक्रममा क्याम्पस प्रमुख सञ्जेलले पब्लिक क्याम्पस संघको बागमती प्रदेश कमिटीमा शर्माको प्रतिनिधित्वले भविष्यमा संघको नेतृत्वमा जनभावाना क्याम्पस आउने मार्ग प्रशस्त गरेको बताए । नवनिर्वाचित कोषाध्यक्ष शर्माले पब्लिक क्याम्पस संघ जनभावना क्याम्पसको नेतृत्वमा अघि बढेको उल्लेख गर्दै भविष्यमा आफू पनि त्यसतर्फ अगाडि बढ्ने बताए । शर्माले आफू जहिले पनि प्राध्यापक–कर्मचारीको हक हितका लागि काम गर्ने बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उल्लेख गरे ।