कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि

आइतबार, जेठ १५, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ, १५ जेठ । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९–८० को बजेट वक्तव्यमा राष्ट्रसेवक र कर्मचारीको विद्यमान तलबमानमा १५ प्रतिशतले वृद्धि गरिएको छ ।
निजामती, सेना, प्रहरी, शिक्षकलगायत राष्ट्रसेवक कर्मचारीलाई उत्प्रेरित गरी सेवाभाव उच्च राख्न विद्यमान महँगी भत्ता कायम राखी तलब वृद्धि गरिएको हो । सो तलब आगामी साउन १ गतेदेखि लागू हुनेछ ।
बजेटमा सङ्घीय निजामती सेवा ऐन निर्माण गरिने, प्रशासनिक खर्च कटौती, प्रशासनिक पुनःसंरचना गरिने, सुशासन र सेवा प्रभावकारिता बढाइने पनि उल्लेख गरिएको छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  २०:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार