बजेट कार्यान्वयनमा शंका : मोहम्मद ईस्तियाक राई 

बिहीबार, जेठ १९, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । जनता समाजवादीका मोहम्मद ईस्तियाक राईले बजेट कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा  आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेटको स्रोत सुनिश्चित नभएको भन्दै कार्यान्वयनमा आशंका व्यक्त गरेका हुन् । साथै कुनै समूह र व्यक्तिलाई पोस्न गरी बजेट ल्याइएको हो कि भन्ने शंका लागेकाले यसको जवाफ अर्थमन्त्रीले दिनुपर्ने उनको माग छ ।   

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  १४:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार