पाँचदेखि ११ वर्षका बालबालिकालाई असार ९ देखि कोरोना खोप

शुक्रबार, जेठ २०, २०७९

काठमाडौँ ।  सरकारले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका ३९ लाख बालबालिकालाई ‘फाइजर’ खोप लगाउने भएको छ ।  बालबालिकालाई खोप प्रदानका गर्नका लागि विद्यालयमा खोप केन्द्र तोकी दुई चरणमा खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए । 
पहिलो चरणमा २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्म सञ्चालन गरिने छ । यस्तै दोस्रो चरणमा ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ । अनुसन्धानअनुसार खोप सुरक्षित रहेकाले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई खोप लगाउनका लागि उनले अनुरोध गरेका छन् । 
उनले खोप खरिद प्रक्रिया सुरु गरिए पनि कोभ्याक्समार्फत निःशुल्क ल्याउन थालिएको बताए । “खोप खरिद प्रक्रियामा रहेको थियो । यसको मूल्य छ अर्ब रुपैयाँभन्दा माथि रहेको थियो । तर मन्त्रालयले निरन्तर प्रयासमार्फत कोम्यभास सुविधामार्फत निःशुल्क ल्याउन लागेको हो”, उनले भने । 
केन्द्रीय भण्डारणमा राखेर सङ्घ, प्रदेश र स्थानीय तहमा खोप वितरण गरिने छ । नेपालमा अहिलेसम्म पाँच करोड ३३ लाख मात्रा खोप भित्रिसकेको छ । बाह्र वर्षभन्दा माथिका ८५ प्रतिशतलाई पहिलो, दोस्रो र बुष्टर मात्रा खोप प्रदान गरिसकेको र ९६ प्रतिशतलाई पहिलो मात्रा खोप लगाइसकेको उनले जानकारी दिए । सम्पूर्ण नागरिकलाई खोप लगाउनका लागि सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १९:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार