कार्यक्षेत्र नछाड्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई आयोगको आग्रह

शुक्रबार, जेठ २०, २०७९

काठमाडौं । निर्वाचन आयोगले आफ्नो कार्यक्षेत्र नछाड्न सबै स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरेको छ । जिल्ला समन्वय समितिको चुनाव नसकिएसम्म कार्य क्षेत्र नछाड्न आयोगले आग्रह गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति जारी गरेर निर्वाचन कार्यक्रम सुरु भइसकेपछि कानुनमा उल्लेखित समयावधिभित्र सम्पन्न गरिसक्नु पर्ने भएकोले कार्यक्षेत्र नछोड्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका हुन् ।

आयोगले निर्वाचन प्रक्रिया सुरु भइसकेपछी बीचमा रोक्न नमिल्नेभएकोले निर्वाचन प्रभावित गर्ने गरी स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई लक्षित गरेर कुनै पनि प्रकारका प्रशिक्षण, गोष्ठी, सेमिनारलगायतका कार्यक्रम आयोजना नगर्न नगराउन तीनै तहका सरकार, राजनीतितक दल र अन्य सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

यथाशीघ्र जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न गर्न सबै मुख्य निर्वाचन अधिकृतहरुलाई आयोगबाट निर्देशन गरिसकिएको पनि विज्ञप्तिमा जनाइएको छ ।

वैशाख ३० मा सम्पन्न स्थानीय तहका निर्वाचनको परिणाम घोषणा भयसकेपछि देशभर गाउँकार्यपालिका र नगर कार्यपालिकाको निर्वाचन भइरहेको छ । बुढीगंगा गाउँपालिकामा भने पुनस् निर्वाचन गर्ने निर्णय आयोगले यसअघि नै गरिसकेको छ ।

आयोग जिल्ला समन्वय समितिको निर्वाचनलाई प्रभावित बनाउने कार्यक्रममा सहभागी नहुन स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अनुरोध गरेको छ । सो निर्वाचन सम्पन्न नभएसम्म आफ्नो कार्यक्षेत्र नछाड्न पनि जनप्रतिनिधिलाई आग्रह गरिएको छ ।
जिल्ला समन्वय समितिको निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । हाल निर्वाचन सुरु भइसकेपछि कानुनमा उल्लिखित समय अवधिभित्र सम्पन्न गरिसक्नुपर्ने र बीचमा रोक्न नमिल्ने भएकाले निर्वाचन सम्पन्न नहुँदासम्मका लागि यस्ता कार्यक्रम नगर्न भनिएको हो ।
गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि गाउँ कार्यपालिका तथा नगर कार्यपालिका सदस्य निर्वाचन निर्देशका, २०७८ को दफल (४) बमोजिम गाउँ कार्यपालिका सदस्य र नगर कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भइसकेको छ । सो पश्चात् हुने जिल्ला समन्वय समितिको निर्वाचन निर्देशिका, २०७८ को दफा (५) बमोजिमको अवधिभित्र निर्वाचन गर्न सबै मुख्य निर्वाचन अधिकृतहरूलाई निर्देशन गरिसकिएको  आयोगले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  २२:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
ललितपुर महानगरको बजेट पारित
शुक्रबार, जेठ २०, २०७९