सोसल मिडिया
Contact Us
युनिकोड
सिन्धुपाल्चोक । सङ्घीय सरकारमार्फत सिन्धुपाल्चोक जिल्लाको लागि चार अर्ब ६० करोड ६७ लाखको बजेट छुट्टाइएको छ । सङ्घीय सरकारको आर्थिक वर्ष २०७९÷८० विनियोजित बजेटबाट १२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा चौतारा साँगाचोकगढी नगरपालिकाले सबैभन्दा बढी बजेट पाएको छ । सो नगरपालिकाले ६५ करोड ६८ लाख पाँउदा भोटेकोशी गाउँपालिकाले २६ करोड आठ लाख प्राप्त गरेको छ । यसैगरी मेलम्ची नगरपालिकाले ६२ करोड ५ लाख प्राप्त गरेको छ । त्यस्तै बाह्रबिसे नगरपालिकाले ३७ करोड ७२ लाख, त्रिपुरासुन्दरी गाउँपालिकाले २७ करोड २४ लाख र लिसङ्खुपाखर गाउँपालिकाले ३० करोड ८३ लाख प्राप्त गरेको छ । यस्तै सुनकोशी गाउँपालिकाले ३६ करोड ३१ लाख, बलेफी गाउँपालिकाले ३३ करोड ९५ लाख र जुगल गाउँपालिकाले ३३ करोड ८२ लाख प्राप्त गरेको छ । यसैगरी ईन्द्रावती गाउँपालिकाले ४४ करोड आठ लाख, पाँचपोखरी थाङ्पाल गाउँपालिका, ३३ करोड एक लाख र हेलम्बु गाउँपलामिमा ३० करोड छुट्ट्याको छ ।
भोजपुरमा तीन अर्ब १५ करोड ८९ लाख बजेट विनियोजन भोजपुर जिल्लाका नौ स्थानीय तहमा रु तीन अर्ब १५ करोड ८९ लाख बजेट विनियोजन भएको छ । समपुरक अनुदान, समानीकरण अनुदान, विषेश अनुदान र सःशर्त अनुदान गरी चार शीर्षकमा दुई नगरपालिका लागि रु ९८ करोड एक लाख र सात वटा गाउँपालिकाकाको लागि रु दुई अर्ब १७ करोड ८८ लाख बजेट विनियोजन भएको हो । षडानन्द नगरपालिकामा सबैभन्दा बढी रु ५१ करोड ५२ लाख र सबैभन्दा कम साल्पासिलिछो गाउँपालिकामा रु २४ करोड ५५ लाख बजेट विनियोजन भएको छ । त्यसैगरी भोजपुर नगरपालिकामा रु ४६ करोड ४९ लाख, अरुण गाउँपालिकामा रु ३१ करोड आठ लाख, आमचोक गाउँपालिकामा रु ३१ करोड ९८ लाख र टेम्केमैयुङ गाउँपालिकामा रु ३८ करोड ६६ लाख बजेट आएको छ । पौवादुङमा गाउँपालिकामा रु ३० करोड १४ लाख, रामप्रसादराई गाउँपालिकामा रु ३१ करोड ६५ लाख र हतुवागढी गाउँपालिकामा रु २९ करोड ८२ लाख बजेट विनियोजन गरेको हो । अहिले केन्द्र सरकारबाट विनियोजन भएको बजेट आएको भए पनि अब प्रदेश सरकार र आन्तरिक आयलाई जोडेपछि सबै स्थानीय तहको अन्तिम बजेट तयार हुने पौवादुङमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । देशभरका स्थानीय तहले अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत रु तीन खर्ब ३७ करोड १६ लाख बजेट पाएका छन् । स्थानीय तहले समानीकरण अनुदानअन्तर्गत रु एक खर्ब २३ करोड बजेट पाएका छन् । सःशर्त अनुदानतर्फ स्थानीय तहले रु एक खर्ब ८३ अर्ब ७२ करोड बजेट पाउने भएका छन् । समपूरक अनुदानका लागि स्थानीय तहलाई रु सात अर्ब २७ करोड बजेट विनियोजन भएको छ । विशेष अनुदानतर्फ स्थानीय तहलाई रु नौ अर्ब १४ करोड विनियोजन भएको छ ।