सोसल मिडिया
Contact Us
युनिकोड
रुकुमपूर्व । रुकुमपूर्वमा पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पठनपाठन प्रभावित बन्न पुगेको छ । जेठ पहिलो साताबाटै नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ । जेठ सकिनै लाग्दा पनि जिल्लामा पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक नै नआएपछि अधिकांश विद्यालयमा विद्यार्थीहरूको पठनपाठन प्रभावित बन्न पुगेको हो । रुकुमपूर्वमा ११६ सामुदायिक विद्यालय छन् । जिल्लामा अहिलेसम्म कक्षा १ देखि ३ सम्मको किताबमा पूर्ण रूपमा रुकुमकोटमा आइपुगेको शिक्षा विकास तथा समन्वय एकाई रुकुमपूर्वका प्रमुख तिलक गौतमले जानकारी दिए । रुकुमकोट आएका यी सबै किताब अर्को सातासम्ममा सबै विद्यालयमा पु¥याइसक्ने पाठ्यक्रम खरिद डिलरले जानकारी गराएको उनले बताए । कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक भने अपुरो आएको छ । रुकुमपूर्वमा विद्यार्थी सङ्ख्या २० हजारको हारहारीमा छ । तर, किताब भने न्यून मात्रामा आएको छ । आएको किताब पनि अपुरो आएको सिस्ने गाउँपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखा प्रमुख मङ्गलसिंह बुढाले बताउनुभयो । अहिले कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक नै परिवर्तन भएर आएको छ । नयाँ किताब गाउँपालिकाको कुनै पनि विद्यालयमा नपुगेको उहाँले बताउनुभयो । विद्यालयमा अहिले पुराना किताबबाटै पठनपाठन सञ्चालन भइरहेको शिक्षा शाखा प्रमुख बुढाले बताए । भूमे गाउँपालिकामा पुरानै किताबाट पठनपाठन भइरहेको शिक्षा शाखा प्राविधिक सहायक टेकबहादुर बुढाले बताए । कक्षा ४, ७ र ९ को भने पाठ्यपुस्सतक नै चेन्ज भएको कारण पठनपाठन हुन नसकेको उनले बताए । विद्यार्थीहरू भने विद्यालयमा आइरहेका छन् । पुथाउत्तरगङ्गा गाउँपालिकामा पनि केहि विद्यालयमा पुरानै किताबबाट पठनपाठन सञ्चालन भइरहेको छ भने कतिपय विद्यालयमा किताब आको छैनन् भनेर शिक्षक घरतिर बसेको गाउँपालिका शिक्षा शाखा प्रमुख रामप्रसाद खड्काले बताए ।
१२ को परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ
सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङबाट नक्कली परीक्षार्थी पक्राउ परेका छन् । कक्षा १२ को परीक्षामा अर्कैको नाममा परीक्षा दिने एक नक्कली परीक्षार्थी पक्राउ परेको हुन् । पक्राउ पर्नेमा भोटखोला–४ की मनिशा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । खाँदबारी–३ को महेन्द्र माध्यमिक विद्यालय मानेभञ्याङ परीक्षा केन्द्रमा बहिनीको नामबाट परीक्षा दिने दिदी पक्राउ परेकी हुन् । बाल विकास सिकाइ विषयको परीक्षामा नक्कली परिक्षार्थी बनेर परीक्षा दिँदै गर्दा प्रहरीले मनिशालाई पक्राउ गरेको प्रहरी उपरीक्षक सुवेदीले बताए । अरुणोदय माध्यमिक लिङ्गम कक्षा १२ का विधार्थी अनुषा गुरुङकोसट्टामा परीक्षा दिइरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । नक्कली परिक्षार्थी मनिसालाई परिक्षा सञ्चालन भएको ४५ मिनेटपछि प्रहरीको जिम्मा लगाइएको महेन्द्र माध्यमिक विद्यालय मानेभञ्याङका केन्द्राध्यक्ष मेदिनी घिमिरेले जानकारी दिए । पक्राउ परेकी मनिशालाई परीक्षा ऐनअनुसार कारबाही हुने जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख केशव भट्टराईले बताए । नक्कली परीक्षार्थी पक्राउ परेको सङ्खुवासभाको पहिलो घटना हो ।