सोसल मिडिया
Contact Us
युनिकोड
रियाद । साउदी अरबले शनिबार कोरोनाभाइरस सङ्क्रमणको महामारीपछि हज तीर्थयात्रीहरूको पहिलो समूहलाई स्वागत गरेको छ । अधिकारीहरूले महामारीका कारण वार्षिकरूपमा मनाइने पर्वहरूमा तीव्र प्रतिबन्ध लगाउन उत्प्रेरित गर्दै स्वदेशी तथा विदेशी तिर्थालुलाई भ्रमण तथा भेला हुन प्रतिबन्ध लगाएको थियो । इण्डोनेशियाबाट आएको समूह मदीना शहरमा आइतबार अवतरण भएको छ र आगामी हप्ताहरूमा हजको लागि तयारी गर्न दक्षिणी मक्काको पवित्र शहर जाने तय गरिएको थिया राज्य सञ्चालित सञ्चार माध्यमले बताएको छ । देशको हज मंत्रालयका मोहम्मद अल–बिजावीले राज्य सञ्चालित अल–एखबरीया च्यानललाई बताउँदै भने, “आज हामीले इण्डोनेशियाबाट यस वर्षको तीर्थयात्रीहरूको पहिलो समूहलाई स्वागत गरेका छौँ । आगामी दिनमा मलेसिया र भारतबाट हजका लागि उडान जारी रहनेछन् ।”
“महामारीको कारण दुई वर्षे अवरोधपछिआज हामी राज्य बाहिरबाट परमेश्वरका पाहुनाहरूलाई स्वागत गर्न पाउँदा खुसी छौं ।” साउदी अरबले उनीहरूको व्यवस्थापनका लागि ‘पूर्ण तयारी’ गरिरहेको छ उनले भने । इस्लामका पाँच खम्बामध्ये एक मानिने हजलाई आफ्नो जीवनमा कम्तीमा एक पटक सम्भव हुने सबै मुसलमानहरूले हज जाने प्रचलन छ । सामान्यतया विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटमध्ये एक हज यात्रामा सन् २०१९ मा लगभग २ं५ लाख मानिसहरूले भाग लिएका थिए । सन् २०२० मा कोभिड–१९ को महामारी सुरु भएपछि साउदी अधिकारीहरूले नियन्त्रणको सीमा तोक्दै एक हजार तीर्थयात्रीहरूलाई मात्र भाग लिन दिने घोषणा गरका थिए ।
सन् २०२१ मा उक्त सङ्ख्यामा संशोधन गर्दै पूर्ण खोप लगाएका साउदी नागरिक तथा चिट्ठामार्फत छानिएका विदेशी बासिन्दाहरू गरी कूल ६० हजार हजमा सहभागी हुन पाउने व्यवस्था गरिएको थियो । यो बर्षको अप्रिल महिनामा साउदी अरबले जुलाईमा हुने यस हजमा देशभित्र र बाहिरबाट १० लाख मुसलमानहरूलाई भाग लिन अनुमति दिने घोषणा गरेको थियो । हजमा इस्लामको सबैभन्दा पवित्र शहर मक्का र पश्चिमी साउदी अरबका आसपासका क्षेत्रहरूमा पाँच दिनभन्दा बढी धार्मिक संस्कारहरू सम्पन्न गरिन्छन् ।
हजयात्रीको शुल्क घटाउन माग गर्दै गहृमन्त्रीलाई ज्ञापनपत्र
गृहमन्त्री बालकृष्ण खाणलाई नेपाल मुस्लिम इत्तेहाद सङ्गठनले मक्का मदिनामा जाने हजयात्रीको शुल्क घटाउन माग गर्दै आज ज्ञापनपत्र बुझाएको छ । सङ्गठनका अध्यक्ष सराज अहमद फारुकीको नेतृत्वमा गएको टोलीले आज मन्त्री खाणलाई भेटी हज गर्न जाने हजयात्रीका लागि तोकिएको शुल्क घटाउन माग गर्दै ज्ञापनपत्र बुझाएको सङ्गठनका सचिव हलिम साहले जानकारी दिए।सरकारले साउदी अरबको मक्का मदिनामा हज गर्ने जाने हजयात्रीका लागि विगतभन्दा दोब्बर शुल्क तोकेको छ । यही जेठ १५ गते नेपाल हज कमिटीले सूचना जारी गर्दै मक्कामदिना जानका लागि हजयात्रीबाट रु चार लाख ६६ हजार ३९२ तोकिएकामा २०७६ सालमा रु दुई लाख २५ हजार शुल्क तोकिएको जनाएको छ । सङ्गठनका सचिव साहले मुस्लिम समुदायको आर्थिक अवस्था कमजोर हुँदा अहिले तोकिएको शुल्क तिरेर जाने अवस्था नरहेको हुँदा शुल्क घटाउन माग गरिएको बताए। ज्ञापनपत्र बुझ्दै मन्त्री खाणले शुल्क घटाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ज्ञापनपत्रमा विगतका वर्षमा झैँ यसपटक पनि हज गर्ने जाने यात्रीलाई आर्थिक अनुदान दिनुपर्ने, हजयात्रीलाई पैसा जम्मा गर्ने समयावधि जेठ ३० गतेसम्म राख्नुपर्ने, आर्थिक वर्ष २०७६÷७७ मा हज गर्न जान भनी फारम भरी रकम जम्मा गरेका हजयात्रीलाई पहिलो प्राथमिकता दिनुपर्ने सचिव साहले जानकारी दिए । आगामी असार ७ गते हजयात्री हज गर्नका लागि मक्कामदिनामा जाने तयारीमा छन् । कोरोना भाइरसका कारणले २०७७÷७८ सालमा हज गर्न बन्द गरिएको थियो । नेपालका लागि हजयात्रीका लागि एक हजार ५०० जनाको कोटा भए पनि कोरोना भाइरसका कारण ५५४ जनालाई मात्र सरकारले लैजाने भएको छ । नेपालबाट विसं २०२१ सालदेखि नै हज गर्नका लागि मुस्लिम समुदायका मानिस मक्कामदिना जाने गरेका थिए । सुरुवातीका बेला भारतको मुम्बईबाट समुद्रसहत हुँदै हजयात्री मक्कामदिना गरिएकामा विसं २०४७ सालदेखि हवाई मार्ग हुँदै गरिएको हो । पवित्र तीर्थस्थलका रुपमा रहेको मक्कामदिनामा विश्वभरका मुस्लिम समुदाय हज गर्ने गर्दछन् । मक्कामदिनामा गएर नमाज पढे र कुर्वानी दिए विगतमा गरिएका पाप कट्ने धार्मिक विश्वास रहेको छ ।–रासस/एएफपी