सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । वातावरणमैत्री निर्माण सामग्रीको प्रयोगसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । क्याथफोर्ड इन्टरनेशल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको आयोजनामा स्वदेशमै उत्पादित इको प्यानल प्रयोगकोबारे कार्यशाला गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले पछिल्लो समयम आधुनिक निर्माण सामग्रीको रुपमा विकास भएको इको प्यानलका विशेषताहरूबारे सहभागी इन्जिनियरिङका विद्यार्थीहरूलाई जानकारी गराए । इको प्यानल भूकम्प प्रतिरोधी मात्रै नभई वातावरणमैत्री पनि रहेकोले यसको प्रयोगबारे जनचेतना फैलाउनु पर्ने उनले जोड दिए । इको प्यानलको उत्पादन धुलोधुँवारहित वातावरणमा क्लिन इनर्जी (बिजुली ) को मात्र प्रयोग भई बन्ने भएकोले यो पूर्ण वातारणमैत्री रहेको इन्जिनियर दुवालले बताए ।
कलेजको सिभिल इन्जिनियरिङ विभागका प्रमुख डा. दिनेश सुन्कामनीले कलेजका विद्यार्थीले नयाँं प्रविधिका निर्माण सामग्रीबारे जानकारी पाएकोमा खुशी व्यक्त गर्दै अहिलेको समयमा वातावरणमैत्री निर्माण सामग्रीको प्रयोगमा जोड दिए । इको प्यानल भनेको भित्री तथा बाहिरी पार्टेसन वालको रुपमा स्थायी वा अस्थायी संरचनामा प्रयोग हुने निर्माण सामग्री हो । यो हलुका हुनुका साथै भूकम्पप्रतिरोधी पनि हुन्छ । कारखानामा पहिलानै बनाई निर्माणस्थलमा जोडे मात्रै पुग्ने भएकाले यसबाट तीव्र निर्माण सम्भव हुन्छ ।