ललितपुर महानगरपालिकाले दोस्रो चरणको निमोनियाविरुद्धको खोप लगाउने

सबै वडामा जेठ ३१ र असार १ गते दुई दिन खोप लगाइने  
मंगलबार, जेठ २४, २०७९

ललितपुर । ललितपुर महानगरपालिकाले आफ्नो नगर क्षेत्र भित्र बसोबास गर्ने ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी निमोनियाविरुद्धको दोस्रो चरणको खोप अभिायन सुरु गर्न लागेको छ । खोप अभियान दुई दिन (जेठ ३१ र असार १) सम्म रहने महानगरपालिकाले जनाएको छ । 
‘महानगर भित्र स्थायी बसोबास गरेका ७० वर्ष वा सो भन्दा माथिका (जन्म निति विसं २००९ सम्मका) नागरिकहरूलाई नेपाली नागरिकताको प्रमाणपत्र र वडा कार्यालयबाट प्रमाणीत नामावलीका आधारमा निमोनिया रोगविरुद्धको खोप (PCV–१३) कार्यक्रम सञ्चालन गर्न लागिएकाले उमेर खुल्ने परिचयपत्रसहित आफ्नो वडाको खोप केन्द्रमा खोप लगाउनु अनुरोध गरेछौं’ महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालल हस्ताक्षर गरेको सूचनामा भनिएको छ । महानगरले जेठ ३१ गते र असार १ गते (२ दिन) आफ्ना सबै वडा ( वडा नं १ देखि २९ वटै वडामा) खोप लगाइने पनि जानकारी दिएको छ । खोप लगाउनका लागि बिहान ११ बजेदेखि ४ बजेसम्मको समय तय गरिएको प्रशासकिय अधिकृत अयालले जारी गरेको सूचनामा उल्लेख छ । उक्त उमेर समूहका ज्येष्ठ नागरिक खोप लगाउन बाँकी भए उनीहरुको विवरण संकलन गरी यथाशिघ्र अर्काे कार्यक्रम सञ्चालन गरिने पनि सूचनामार्फत जानकारी दिइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  १०:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार