गोदावरी शिक्षाको तीन दिवसीय कार्यक्रम सम्पन्न

शनिबार, जेठ २८, २०७९
मयुर प्लाई

ललितपुर (गोदावरी) । गोदावरी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले  विभिन्न अतिरिक्त क्रियाकलाप सम्पन्न गरेको छ।   गोदावरी नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु बीच गरिएको प्रतिस्पर्धामा वक्तृत्वकला, कबितावाचन ,चित्रकला प्रतियोगिता सम्पन्न गरिएको हो । विद्यार्थीका अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउन तथा आन्तरिक  प्रतिस्पर्धी तयार पार्न  प्रतियोगिताको आयोजना गरिएको शिक्षा ,युवा  तथा खेलकुद शाखा अधिकृत पदम कुवरले जानकारी दिए ।
सम्भवतः अहिले सम्मकै उत्कृष्ट राशि सहितको प्रतियोगिताले संस्थागत र सामुदायिक विद्यालयहरु बीचमा प्रतिस्पर्धा गर्नुपर्दछ, सामुदायिक विद्यालय पनि नतिजाका आधारमा संस्थागत भन्दा अब्बल छन् भन्ने तथ्य प्रतियोगिताले दिएको,साथै बजेट शिक्षामा नगरले कम्तीमा ५५ भन्दा बढी छुट्टाउनु पर्ने  उपसचिव देवीप्रसाद पौडेलको धारणा छ ।
गोदावरी  नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथि उपप्रमुख मुना अधिकारी, प्रमुख प्रशासकीय अधिकृत प्रवीण कोइराला  लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधीको उपस्थिति थियो ।

286295588_570413251362723_8153413251271999895_n1654929959.jpg
सामाजिक विकास समितिका संयोजक शेखर  न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम , दोस्रो, तेस्रो  र चौथो हुनेलाई प्रंशसा पत्र,मेडल,कप सहित  क्रमश सात हजार ,पाँच हजार ,तीन हजार र पन्ध्र सयका दरले पुरस्कार वितरण गरिएको  थियो ।
समापन कार्यक्रममा बोल्दै  प्रमुख अतिथि नगरप्रमुख महर्जनले   शिक्षा, युवा तथा खेलकुद शाखाको उत्कृष्ट कार्यको प्रशंसा गर्दै शिक्षाको हव गोदावरीलाई  बनाउन सबै सरोकारवालाहरुलाई एकजुट भएर लाग्न र विद्यालय शिक्षामा गुणस्तरीयता कायम गर्न अनुरोध गरे ।
कार्यक्रममा सामाजिक विकास समितिका संयोजक  न्यौपानेले शिक्षामा राम्रो नीति बनाउन आफू लागि  पर्ने र बजेटमा ध्यान दिने  भन्दै  विद्यालयहरुले राम्रो नतिजा ल्याउनु पर्ने बताए ।  प्रतियोगितामा सहभागीहरुले शिक्षा, युवा तथा खेलकुद शाखाले कोरोना पछाडि विद्यालयलाई पुनः उर्जा   थपिएको बताएका छन् ।कार्यक्रममा वक्तृत्वकलामा ४४ जना,कवितामा ४६ जना र चित्रकलामा ५० जनाको सहभागिता रहेको थियो ।

 

 

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  १२:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार