भारतमा थपिए सात हजार ५८४ नयाँ सङ्क्रमित

आइतबार, जेठ २९, २०७९

नयाँदिल्ली । भारतमा शनिबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा आठ हजार ५८२ कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । हाल भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४४ हजार ५१३ रहेका छन् । यो कूल सङ्क्रमितको ०.०६ प्रतिशत भएको जनाइएको छ । 
शनिबार मध्यरातिसम्म अर्थात् २४ घण्टाको समयावधीमा चार हजार ४३५ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड ३० लाखभन्दा बढी पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८.७१ प्रतिशत रहेको छ ।  कोरोना महामारीको कारण भारतमाा पाँच लाख २४ हजार ७५७ पुगेका छन् । भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड ४५ लाखभन्दा बढी व्यक्तिको परीक्षण भएको छ ।
भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९५ करोड सात लाखभन्दा बढी डोज खोप लगाइएको छ ।– रासस/एएनआइ

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १८:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार