सोसल मिडिया
Contact Us
युनिकोड
काबुल । अफगानिस्तानको केन्द्रीय बैंकले राष्ट्रिय मुद्राको अवस्थालाई मजबुत बनाउन स्थानीय बजारमा एक करोड १० लाख अमेरिकी डलर प्रवाह गर्ने जनाएको छ । अफगानिस्तानको केन्द्रीय बैंक, ‘दा अफगानिस्तान बैंक (डीएबी),’ ले आइतबार यो कदम चालेको हो । डीएबीका अनुसार सोमबार निर्धारित लिलामीमा भाग लिन सबै योग्य बैंक, विदेशी मुद्रा र मौद्रिक सेवा प्रदायक संस्थाहरूलाई अनुरोध गरिएको छ । केन्द्रीय बैंकका अनुसार ‘लिलामीमा मुद्राको आंशिक व्यवस्थापन गर्ने अनुमति दिइएको छैन र अमेरिकी डलर प्राप्त गर्ने बैंक वा संस्थाले ‘दा अफगानिस्तान बैंक’मा सबै रकम एकै पटक जम्मा गर्नुपर्ने’ बताइएको छ । केही हप्ताअघिको तुलनामा अमेरिकी डलरविरूद्ध अफगानी मुद्राको मूल्यमा सुधार देखिएको छ । यस पहिले अघिल्लो हप्तामा बजारमा विदेशी मुद्राको अभावलाई सम्बोधन गर्न एक करोड ३० लाख अमेरिकी डलर बजारमा पठाइएको थियो । गत वर्षको अगष्ट महिनाको मध्यतिर तालिबानले अफगानिस्तान कब्जा गरेदेखि संयुक्त राज्य अमेरिकाले अफगानिस्तानको केन्द्रीय बैंकको ९ अर्ब अमेरिकी डलरभन्दा बढी सम्पत्तिलाई रोक्का गरेपछि युद्धग्रस्त यस मुलुकको बैंकिङ प्रणालीमा वैदेशिक मुद्राको अभाव देखिन थालेको हो ।– रासस/सिन्ह्वा