ख्वप कलेजमा भएको राष्ट्रिय सम्मेलनबाट मुलुककै आर्थिक व्यस्थापनमा सहयोग मिल्ने विश्वास

मंगलबार, जेठ ३१, २०७९
मयुर प्लाई

भक्तपुर । ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा भएको दुईदिने राष्ट्रिय आर्थिक सम्मेलनबाट मुलुककै आर्थिक व्यवस्थापमा सहयोग मिल्ने विश्वास गरिएको छ । सोमबार भएको सम्मेलन समापन कार्यक्रमका वक्ताहरुले अनुसन्धान निकै कम मात्रै हुने गरेको हाम्रो मुलुकमा भएको यो राष्ट्रिय सम्मेलनले केही न केही टेवा पु¥याउने विश्वास व्यक्त गरेका हुन् ।
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा भएको सम्मेलन समापन समारोहमा प्रमुख अथिति प्रदेश सांसद सृजना सैंजूले देशभित्र अनुसन्धान निकै कम हुने गरेकोमा भएको यो सम्मेलनले देशकै लागि फाइदा पुग्ने विश्वास व्यक्त गरिन् । अनुसन्धानले मात्रै मुलुक समृद्ध हुन सक्ने भन्दै अनुसन्धानको अभाब दुखको विषय भएको उनले बताइन् । त्रिभुवन विश्वविद्यालयमा अनुसन्धान भताभुंग भइरहेको समाचार आइरहेको अवस्थामा एउटा कलेजले गरेको यस्तो कार्यक्रम महत्वपूर्ण रहेको उनले बताइन् । उनले दुईदिने सम्मेलनले मुलुकको आर्थिक व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिइन् ।

Avatar
समापन समारोहमा कलेज व्यवस्थापन समितिका सदस्य एवं कलेज रहेको भक्तपुर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष डा हरिराम सुवाल, कलेज व्यवस्थापन समितिका सदस्य एवं भक्तपुर नगरपालिका वडा नं ९ का वडाअध्यक्ष रवीन्द्र ज्याख्व, भक्तपुर नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत कृष्ण गिरी, आयोजक ख्वप कलेजका प्राचार्य रुपक जोशी, उपप्राचार्य डा राजेशकुमार श्रेष्ठ, कमिनिका न्याइच्याईलगायतले सम्मेलनले देशको अर्थ व्यवस्थापनमा सहयोग मिल्ने विश्वास लिए । समापन कार्यक्रममा सम्मेलन संयोजक सुनिल सुवालले समापन कार्यक्रम अघि सम्मेलनको क्रममा भएको दुई दिन गतिविधिहरुबारे छोटकरीमा जानकारी गराएका थिए ।
दुईदिने सम्मेलनको क्रममा विभिन्न ६ जना विशिष्ट व्यक्तिहरुले कि नोट दिएका थिए । पहिलो दिन प्राडा पुष्कर बज्राचार्य, प्राडा धु्रबुकुमार गौतम र डा रामकुमार फुयाँलले कि नोट दिए । सोमबार दोश्रो तथा अन्तिम दिन प्राडा आरन स्थापित, डा जितेन्द्र डंगोल र नरबहादुर थापाले कि नोट दिए । साथै ४० भन्दा वढीले कार्यपत्र प्रस्तुत गरे ।  
आयोजक कलेजका प्राचार्य रुपक जोशीले अनुसन्धानलाई कलेजले जोड दिंदै आएको बताए । यही अनुसार प्रत्येक वर्ष सम्मेलन गर्दै जाने योजना रहेको उनले सुनाए । केही समयपछि नै विश्वविद्यालय अनुदान आयोगकै सहयोगमा अर्को अनुसन्धान सम्वन्धी कार्यक्रम गर्न लागेको उनले जानकारी गराए ।
यसअघि २०७६ सालमा कलेजले पहिलो सम्मेलन गरेको थियो । त्यसपछि २०७८ सालमा सम्मेलन गर्ने मिति तय भएको थियो । तर   वीचमा कोभिड भएकोले त्यो कार्यक्रम स्थगित भएको थियो । यही स्थगित भएको सम्मेलन अहिले सम्पन्न भएको हो ।

सम्मेलनको पहिलो दिन दुई वटा टेक्निकल सेसन भए । दोश्रो दिन चार वटा टेक्निकल सेसन भए । सम्मेलनको क्रममा आयोजक ख्वप कलेज, बागीश्वरी कलेज, भक्तपुर बहुमखी क्याम्पस, काभ्रे बहुमुखी क्याम्पस, त्रिभुबन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, मेगा कलेज, क्वेष्ट इन्टरनेशनल कलेज, युनिग्लोब कलेजलगायतका विभिन्न कलेजबाट सहभागी अनुसन्धानकर्ताहरुले अनुसन्धानपत्र प्रस्तुत गरेका थिए । यसअघि सम्मेलनको उदघाटन आइतबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  ०५:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार