जिरीमा ताल निर्माणका लागि १५ करोड रुपैयाँ विनियोजन

बुधबार, असार १, २०७९
मयुर प्लाई
Global Ime Bank

हेटौँडा । बागमती प्रदेश सरकारले दोलखाको जिरीमा मानव निर्मित ताल निर्माणको लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेशसभामा आगामी आर्थिक वर्ष  २०७९/०८० को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले दोलखाको जिरीमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न मानव निर्मित ताल निर्माण गरिने बताए । यसका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनको भनाइ छ ।

उनले आव २०७९/०८० लाई घुमफिर वर्षको रुपमा घोषणा गर्न बजेट छुट्याइएको बताए ।

प्रकाशित मिति: बुधबार, असार १, २०७९  १७:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार