सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुधाम । मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्षको लागि ४६ अर्ब ८८ करोड ९ लाखका बजेट सार्वजनिक गरेको छ । बुधवार प्रदेश सभामा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले अगामी आर्थिक वर्षको लागि ४६ अर्ब ८८ करोड ९ लाख बजेट सार्वजनिक गरेका हुन् । त्यसमध्ये चालु तर्फ २१ अर्ब ७७ करोड ६७ लाख ९५ हजार अर्थात ४६ दशमलव २१ प्रतिशत र पुँजीतर्फ २५ अर्ब ८२ लाख २० लाख ८० हजार अर्थात ५३ दशमलव २१ प्रतिशत छ । त्यसैगरि, वित्तीय व्यस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार अर्थात् शुन्य दशमलव ३५ प्रतिशत रहेको छ । चालु आवमा प्रदेश सरकारको बजेट करिब ३४ अर्ब छ ।
मधेस प्रदेशसभाको बैठक अर्को सूचना नहुञ्जेलसम्मको लागि स्थगन
मधेस प्रदेशसभाको बैठक अर्को सूचना नहुञ्जेलसम्मको लागि स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आज साँझ सूचना जारी गरी मधेस प्रदेशसभाको बैठक अर्को सूचना नहुञ्जेलसम्मको लागि स्थगित भएको जानकारी दिएको छ । प्रदेशसभाको आजको बैठकमा मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्ष ०७९ ०८० को लागि बजेट प्रस्तुत गर्नुभएको थियो । प्रदेशसभामा बजेट प्रस्तुत भएसँगै सभामुख सरोजकुमार यादवले प्रदेशसभाको बैठक अर्को सूचना नहुञ्जेलसम्मको लागि स्थगित भएको घोषणा गरे । प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री साहले रु ४६ अर्ब ८८ करोड नौ लाख ९५ हजारको बजेट सार्वजनिक गर्नुभयो । प्रस्तुत बजेटमा चालुतर्फ रु २१ अर्ब ७६ करोड ६७ लाख (४६.४४ प्रतिशत) र पूँजीगततर्फ रु २५ अर्ब ८२ करोड २० लाख ८० हजार (५३.२१ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ रु १६ करोड २४ लाख ५६ हजार (०.३५ प्रतिशत) बजेट विनियोजन गरेको उल्लेख छ ।