प्रादेशिक अस्पताल कलैयामा बिरामीको चाप बढ्दो

शुक्रबार, असार ३, २०७९

बारा । प्रादेशिक अस्पताल कलैयामा बिरामीको चाप बढ्दै गएको छ । अस्पतालले आइसियु सेवासहित ओपिडि सेवा, आकस्मिक तथा प्रसुति सेवालगायतको  सेवा उपलब्ध गराउँदै आएको छ । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट गौरव महतोका अनुसार आइसियु सेवा, आकस्मिक सेवा, प्रसुति सेवासहित अहिले ७७ बेडसम्मको सुविधा  बिरामीलाई उपलब्ध छ । गर्मीयाममा सर्पदंश, झाडापखाला र ज्वरोका रोगी बढी आउने गरेको उनले जानकारी दिए । 

अस्पतालले उपचार सेवासहित कलैयामा २४ घण्टे फार्मेसी सेवा लगायत अन्य चेकजाँच सेवा पनि उपलब्ध गराउदै आएको छ । 

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  ११:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार