मनाङमा विद्युतीय राहदानी वितरण

शुक्रबार, असार ३, २०७९

लमजुङ  ।  मनाङमा पनि विद्युतीय राहदानी वितरण सेवा सुरू भएको छ । विद्युतीय राहानी वितरणका लागि आवश्यक संरचना र अन्य प्राविधिक व्यवस्थापन नहुँदा करिब आठ महिना राहदानी सेवा प्रभावित भएको थियो ।सरकारले एमआरपी राहदानी वितरण रोकेसँगै मनाङमा बन्द भएको राहदानी सेवा लामो समयपछि पुनः सुचारु भएको मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताए । उनका अनुसार मनाङले विद्युतीय राहदानी वितरणका लागि आवश्यक संरचना र प्राविधिक व्यवस्थापन गरी सेवा सुरू गरेको हो ।

सरकारले देशभरका ७७ वटै जिल्लाबाट विद्युतीय राहदानी सेवा सुरू गर्ने भने पनि हिमाली जिल्लामा त्यसको व्यवस्थापन गर्न ढिलाइ गरेको थियो । जिल्ला प्रशासन कार्यालय मनाङमा सेवाग्राहीको चाप कम भए पनि राहदानी सेवाका लागि भने सेवाग्राही दैनिकजसो आउने गरेका छन् गत १ मंसिरदेखि ई-पासपोर्ट लागु भएसँगै विभागले एमआरपी वितरण बन्द गर्ने निर्णय गरेको थियो । 

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  ११:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार