सोसल मिडिया
Contact Us
युनिकोड
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट थप १२ हजार ८४७ जना सङ्क्रमित भएका छन् । बिहीबार मध्यराती अर्थात गत २४ घण्टाको समयाअवधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको नै धेरै हो । भारतमा बुधबार र बिहीबार दुईदिनलगातार कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसवर्षको फेबु्रअरी २६ मा भारतमा ११ हजार ४९९ कोभिड–१९ सङ्क्रमित थपिएका थिए । गत बिहीबार भारतमा बाह्र हजार २१३ कोरोना सङ्क्रमित भएका थिए । भारतमा हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३२ लाख ७० हजार ५७७ पुगेको छ । यसमध्ये ६३ हजार ६३ सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.१५ प्रतिशत हो । पछिल्लो एक दिनमा सात हजार ९८५ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २६ लाख ८२ हजार ६९७ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.६४ प्रतिशत रहेको छ । कोरोना महामारीबाट बिहीबार भारतमा १४ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार ८१७ को मृत्यु भएको समाचारमा जनाइएको छ । भारतमा सन् २०२१ को जनवरी महिनाबाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९५ करोड ८४ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ ।
फिजीमा कोरोना सङ्क्रमित ७ दिन मात्रै आइसोलेसनमा बस्नुपर्ने
फिजीमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरू अबदेखि सात दिन मात्रै आइसोलेसनमा बस्नुपर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट सङ्क्रमित भएको सात दिनपछि बाहिर निस्केर पनि आफ्नो काम गर्न पाइने स्पष्ट पारेको छ । मन्त्रालयका अधिकारीहरूले सात दिन भने कडाइका साथ आइसोलेसनमा बस्नुपर्नेमा जोड दिइएको जनाएका छन् । “कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रम त चलिरहेको छ, तर सात दिनभन्दा बढी आइसोलेसनमा बस्न भने नपर्ने व्यवस्था गरिएको छ,” मन्त्रालयका एक अधिकारीले भने । विभिन्न अध्ययन र अभ्यासका आधारमा चिकित्सकहरूले सात दिनपछि कोरोना भाइरसको सङ्क्रमण अरूलाई नसर्ने पुष्टि भएको बताएकाले आइसोलेसनमा पनि सात दिन मात्रै राख्ने निर्णय गरिएको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अधिकारीहरूले कोरोनाका कारण मृतकको सङ्ख्या भने निकै कम भएको पनि जनाएका छन् । उनीहरूका अनुसार खोप लगाएका र त्यसमध्ये पनि बुस्टर डोज लगाएकाहरूमा भने निकै कम मात्रै समस्या देखिएको उनीहरूको भनाइ छ । सुरक्षाका लागि बुस्टर डोज लगाउनु अति उपयुक्त भएकाले बुस्टर डोज खोप लगाउन मन्त्रालयले सबैलाई आग्रह गरेको छ । मन्त्रालयका अनुसार १८ वर्षमाथिका ८० प्रतिशतभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोपको अतिरिक्त मात्रासमेत लगाइसकेका छन् ।
मलेसियामा २४ घन्टामा २ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण, पाँचको मृत्यु
मलेसियामा गएको २४ घन्टायता मात्र कम्तीमा पनि २ हजार ३३ जनामा कोरोना सङ्क्रमण भएको बताइएको छ । यहाँ बाहिरबाट आएकामा नभएर देशभित्रै यी सङ्क्रमितहरु भेटिएको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार यहाँ गएको २४ घन्टामा मात्र कोरोना भाइरसको सङ्क्रमणबाट पाँच जनाको ज्यान गएको छ । यहाँ अहिलेसम्ममा कोरोना भाइरसको सङ्क्रमणबाट मात्र ३५ हजार ७३० जनाको ज्यान गएको बताइएको छ । मलेसियाका स्वास्थ्य अधिकारीहरुले यहाँ अहिले करिब २५ हजार जनाजति सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये केही व्यक्ति आइसियुमा रहेका बताइएको छ । तर पछिल्ला केही हप्ता यता भने यहाँ कोभिड संक्रमितहरुको संख्या घटेको पाइएको छ ।– रासस/सिन्ह्वा