गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल अगाडि ‘एसियन बुद्ध’को सुभारम्भ

शनिबार, असार ४, २०७९
मयुर प्लाई

रुपन्देही । नवनिर्मित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल अगाडि सुविधासम्म चार तारे होटल ‘एसियन बुद्ध’ले सेवा सुरु गरेको छ । पर्यटकहरूलाई पारिवारीक वातावरणमा गुणस्तरीय सेवा दिने उदेश्यसहित विमानस्थलको ठ्याक्कै अगाडि होटलले सेवा सुरु गरेको हो । युवा व्यवसायी पोमनारायण अधिकारीसहितका व्यवसायीले करिब एक अर्बको लागानीमा ‘एसियन बुद्ध होटल’ आजबाट अनौपचारिक रुपमा संचालनमा ल्याएका हुन् ।  क्यासिनो, हेल्थ क्लब, स्पा, स्वीमिङ पुलसहित फोर स्टारको लागि आवश्यक सबै सेवासुविधा रहेको अधिकारीले जानकारी दिए ।

bhairahawa-hotel1655546318.jpg
८४ वटा रुमसहित फोर स्टार लेवलको लागि आवश्यक सबै सुविधासहित होटल शुभारम्भ गरिएको हो । अधिकारीले भने अनौपचारिक रुपमा सुरु गरिएको भए पनि औपचारिक रुपमा भने केही समयपछि विशेष समारोहका विच सुभारम्भ हुनेछ ।
अर्घाखाँची पाणिनी गाउँपालिका–७ अड्गुरीका अधिकारीका गुडलाईफ फुड प्रोडक्स मार्फत अड्गुरी, गोल्डेनलगायतका कुकिज तथा बिस्कुट नेपाली बजारमा चर्चित छन् । यस्तै अधिकारीकै एशियन एग्रो इन्डष्ट्रिज प्रालिले चाउमिन, सुजी, पास्तालगायतका खाद्यवस्तु समेत उत्पादन गर्दै आएको छ ।

प्रकाशित मिति: शनिबार, असार ४, २०७९  १५:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार