सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले ५ देखि ११ बर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाउने भएको छ । स्वास्थ्य कार्यालय ललितपुरले असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र साउन २ गतदेखि ८ गतेसम्म दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको हो । खोप कार्यक्रमको लागि खोप केन्द्र र स्थान निर्धारण गर्ने, लक्षित सङ्ख्या निर्धारण गर्ने, जनशक्ति परिचालन गर्नेलगायतका कार्य तयारी भइरहेको स्वास्थ्य कार्यालयले आज सञ्चरकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा जानकारी दिएको छ । जिल्लाका ६ स्थानीय तहमा पाँचदेखि ११ वर्षसम्मका ८० हजार ४९५ जना बालबालिकालाई खोप लगाउने तयारी जिल्ला जनस्वास्थ्य कार्यालय तयारी गरेको छ ।
यो सङ्ख्या विद्यालयमा सूचिकृत भएका आधारमा तय गरिएको स्वास्थ्य कार्यलयका प्रमुख शतिष विष्टले जानकारी दिए । उनले भने, ‘पालिकाबाट तथ्याङ्क लिइएकाले यो संख्यामा घटबढ हुन सक्छ ।’ ललितपुर महानगरपालिका बाहेक अन्य पालिकामा खोप लगाउने कार्यक्रम थोरै समयमै सकिने अनुमान उनको छ । र्इटाभट्टामा काम गर्ने र विद्यालयको पहुँच बाहिर रहेका बालबालिकालाई पनि सम्बन्धित पालिकाबाट खोप दिइने स्वास्थ्य प्रमुख विष्टले बताए । बालबालिकालाई दिइने फाइजर खोप केन्द्रको अनुगमन समेत गरिने प्रमुख विस्टले बताए ।
उननका अनुसार यो खोप ९१ प्रतिशत प्रभावकारी मानिएको छ । अन्य मुलुकमा पनि यसको प्रयोग भइसकेको छ । यो खोप ५–११ उमेर समूहका बालबालिका बाहेक अन्य उमेर समूहकालाई दिन मिल्दैन । नेपाल पत्रकार महासंघ ललितपुरका सागर न्यौपानेले खोपलाई प्रभावकारी बनाउन स्थानिय तहको पनि महत्वपूर्ण भूमिका रहने बताए । उनले गाउँमा बस्ती पाललो हुने भएकाले खोप केन्द्र शहरको तुलनामा नजिक राख्ने ब्यवस्था मिलाउन स्वास्थ्य कार्यलयसँग आग्रह गरेका छन् ।