फिलिपिन्समा कोरोना सङ्क्रमितको सङ्ख्या उच्च

मंगलबार, असार ७, २०७९

मनिला । फिलिपिन्समा कोरोना भाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या उच्च विन्दुमा पुगेको छ ।   केही समय सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको भए पनि पछिल्लो समय फेरि वृद्धि हुँदै गएको स्वास्थ्य अधिकारीहरूले सोमबार बताएका छन् । “अहिलेको तथ्याङ्का हेर्ने हो भने पछिल्लो समय दैनिक सङ्क्रमितहरूको सङ्ख्या दिन प्रति दिन बढ्दै गइरहेको छ,” स्वास्थ्य मन्त्रालयका उप सचिव मारिया रोसारियो भेर्गेइरले भनिन् ।
उनले अहिलेको तीव्र वृद्धिको अवस्था हेर्दा सङ्क्रमितहरूको सङ्ख्या अझै धेरै उचाइमा पुग्ने देखिएको छ ।
गत सन् २०२१ को सेप्टेम्बर र स्न २०२२ को जनवरीमा पनि यस्तै अवस्था देखिएको समेत उनले जानकारी दिइन् । एकैदिनमा सबैभन्दा धेरै सङ्क्रमित भएको यही वर्षको जनवरी १५ मा हो । उनका अनुसार सो दिन ३९ हजार चार जना नयाँ सङ्क्रमित भएका थिए । अहिले पछिल्लो हप्ता भने औसतमा दुई हजार ४५८ जना नयाँ सङ्क्रमित भएका थिए ।– रासस/सिन्ह्वा

 

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  ०५:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार