बजेटमा कस्दै अर्थ मन्त्रालय 

कार्यान्वयन गर्नसक्ने मात्रै योजना ल्याउन निर्देशन
शुक्रबार, चैत २०, २०७७
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटका लागि कार्यान्वयन गर्नसक्ने कार्यक्रम मात्रै प्रस्ताव गर्न मन्त्रालयलाई आग्रह गरेका छन् ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग बिहीबार भएको छलफलमा अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्नसक्ने कार्यक्रम र सोहीअनुसार बजेट प्रस्ताव गर्न अनुरोध गरेका हुन् ।  खर्च हुन नसक्ने भएकाले ‘सरेन्डर’ गर्नुपर्ने अवस्था पनि रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले बहुवर्षीय योजनामा पनि जति खर्च गर्ने हो, त्यहीअनुसार बजेट राख्न आग्रह गरे ।  सिलिङभित्र रहेर बजेट निर्माण गर्नुपर्ने सीमा रहेको बताउँदै उनले बजेट कार्यान्वयन गर्नसक्ने संयन्त्रलाई पनि ध्यान दिन जरुरी रहेको उल्लेख गरे ।  प्राथमिकताका आधारमा कार्यक्रम प्रस्ताव गर्न आग्रह गर्दै अर्थमन्त्री पौडेलले अन्तरमन्त्रालयबीच समन्वयको आवश्यकता औँल्याए । उनले कोभिड–१९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावलाई बजेट र नीतिमार्फत सम्बोधन गर्ने उल्लेख गरे ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ बाट पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएकाले त्यसलाई विशेष ध्यान दिन आग्रह गरेका छन् ।  आर्थिक सल्लाहकार डा.प्रकाशकुमार श्रेष्ठले साना कार्यक्रमभन्दा सङ्घीयताको मर्म र भावनाअनुसार ठूला र विशेष कार्यक्रममा जोड दिनुपर्ने बताए ।  अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा समावेश गर्नुपर्ने कार्यक्रम तथा बजेटबारे मन्त्रालय र सरोकारवालासँग छलफल गर्नुका साथै सुझाव पनि सङ्कलन गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  ०५:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार