जिसस सप्तरीको निर्वाचन असार १२ मा

बुधबार, असार ८, २०७९

सप्तरी । जिल्ला समन्वय समिति सप्तरीको निर्वाचन यही असार  १२ गतेआइतबार हुने  भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजले जिससको निर्वाचन  आइतबार हुने सूचना जारी गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । मङ्गलबार मतदाता नामावली प्रकाशन गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज मतदाताको विरोधमा उजुरी दिने, मतदाताको विरोधमा परेको उजुरी उपर जाँचबुझ गर्ने र अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ । 
यस्तै बिहीबार उम्मेदवारको मनोनयन दर्ता, मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन र उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए । शुक्रबार मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन तथा उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
शनिबार उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरी आइतबार मतदान गर्ने कार्यक्रम तय गरिएको छ । जिल्लामा १८ स्थानीय तह रहेको र जिससका लागि कूल ३६ मतदाता छन् । 
जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीका अनुसार नेपाली कांग्रेसको पाँच प्रमुख÷अध्यक्ष र ७ उपप्रमुख-उपाध्यक्ष गरी सर्वाधिक १२ मत छ । यस्तै जनता समाजवादी पार्टी जसपाको ३ प्रमुख÷अध्यक्ष र ५ उपप्रमुख-उपाध्यक्ष गरी ८ मत छ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको ३ अध्यक्ष र २ उपाध्यक्ष गरी ५ मत, नेकपा (एमाले) को ३ प्रमुख-अध्यक्ष र १ उपप्रमुख गरी ४ मत छ।
जनमत पार्टीको १ प्रमुख, १ अध्यक्ष र १ उपाध्यक्ष गरी ३ मत छ भने नेकपा ९एकीकृत समाजवादी०को १ प्रमुख र १ उपप्रमुख गरी २ मत तथा नेकपा ९माओवादी केन्द्र०को १ प्रमुख र १ उपाध्यक्ष गरी २ मत छ । 
कांग्रेसले आफ्नो नेतृत्वमा केन्द्रीय गठबन्धनअनुसार निर्वाचन जानुपर्नेमा जोड दिएको छ भने जसपाको नेतृत्वमा कांग्रेसबाहेकको दलहरुले गठबन्धन गरेर निर्वाचनमा जाने तयारी गरिरहेका बताइएको छ ।

प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १२:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार