वायुसेवा निगमको महाप्रबन्धकमा वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचन नियुक्त 

बिहीबार, असार ९, २०७९
मयुर प्लाई

काठमाडौ  ।नेपाल वायुसेवा निमगको महाप्रबन्धकमा निगमकै वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचनलाई नियुक्त गरिएको छ । सरकारले उनलाई महाप्रबन्धकमा अस्थायी रुपमा नियुक्त गरेको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार निगमको महाप्रबन्धकको कामकाज गर्ने गरी उनलाई अस्थायी नियुक्ति गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको थियो । 
 

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १६:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार