काठमाडौँको कला–संस्कृतिलाई विश्वभर चिनाउन नगरप्रमुख शाहको आग्रह

बिहीबार, असार ९, २०७९
मयुर प्लाई
Global Ime Bank

 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले काठमाडौँको कला–संस्कृतिलाई विश्वभर चिनाउन गैरआवासीय नेपाली सङ्घ एनआरएनएलाई आग्रह गरेको  छ । एनआरएनको टोलीसँग आज भएको भेटमा नगरप्रमुख शाहले कला, संस्कृति र सम्पदाको शहर काठमाडौँलाई संसाभर चिनाउन आग्रह गरेका  हुन्  । उनले काठमाडौँ महानगरपालिकाभित्र एनआरएनएले बनाउन लागेको सार्वजनिक शौचालयलाई जग्गा उपलब्ध गराउन र व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिका सकारात्मक रहेको बताए  ।

    नगरप्रमुख शाहले एनआरएनएको योजना कार्यान्वयनका लागि काठमाडौँ महानगरपालिका लाग्ने विश्वास व्यक्त गरे  । एनआरएनएका अध्यक्ष कुल आचार्यले एनआरएनए काठमाडौँ महानगरपालिकासँग सहकार्य गरी ‘स्मार्ट सिटी’ अवधारणाको कार्यान्वयन, ट्राफिक व्यवस्थापन, आधुनिक सार्वजनिक शौचालय निर्माणलगायत सहकार्य गर्न तयार रहेको बताए  ।   अध्यक्ष आचार्यले एनआरएनले काठमाडौँ महानगरपालिकाको टिमसँग सहकार्य गर्न उत्साहित रहेको उल्लेख गरे  । भेटमा एनआरएनए युरोपका संयोजक चिन्तामणि सापकोटा, एनआरएनए आइसिसी सदस्य प्रदीप न्यौपाने, युरोप युवा संयोजक  रमेश काफ्लेलगायतको सहभागिता रहेको थियो । रासस  
 

 

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १९:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार