महालक्ष्मी नगरपालिकाले ल्यायो २ अर्ब १८ करोडको बजेट

शनिबार, असार ११, २०७९
मयुर प्लाई
Global Ime Bank

 ललितपुर। जिल्लाको  महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र ८० को लागि २ अर्ब १८ करोड बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ। शुक्रबार आयोजित नगरसभामा नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपमेयर लक्ष्मी श्रेष्ठले वार्षिक बजेट प्रस्तुत गरेकी थिईन।

आगामी आर्थिक वर्षको लागि महालक्ष्मी नगरपालिकाले शिक्षा,स्वास्थ्य, पर्यटन जस्ता विषयलाई प्राथमिकतामा राखेको छ। यसैगरी संस्थागत सबलीकरण मार्फत सुशासन प्रवर्धन गर्नु, पूर्वाधार बिकास मार्फत बिकासका सम्भावनालाई फराकिलो पार्नु ,दिगो बिकासका सिदान्तहरु अवलम्बन गदै लक्ष्यहरु हासिल गर्नु, प्रतिफलमूलक र र उत्पादनमुलक कार्य मार्फत सामाजिक समता कायम गर्नु, आन्तरिक श्रोतको अधिकतम प्रयोग परिचालन तथा ब्यबस्थापन गर्नु, सहभागितामूलक बिकास मार्फत लाभग्राहीको अपनत्व अभिबृद्धि गदै बिकासलाई टिकाउ बनाउनु, समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक तुल्याउनु नगरपालिकाका थप योजना रहेका छन्।

नगरपालिकाले आफ्नै प्रशासकीय भवन निर्माणका आगि ३ करोड रुपयाँ विनियोजन गरेको छ भने सार्वजनिक र नीजी क्षेत्रको सहकार्यमा लाँकुरी भन्ज्याङमा लाँकुरी पर्यटकीय महोत्सव आयोजना गर्नका लागि ५० लाख विनियोजन गरेको छ। यसैगरी नगरपालिकालाई शैक्षिक हवको रुपमा विकास गर्न शिक्षा क्षेत्रको लागि नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ३ करोड ३३ लाख रकम विनियोजन गरेको छ।

प्रकाशित मिति: शनिबार, असार ११, २०७९  १७:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार