विश्व कीर्तिमानी आरोही शम्भु तामाङको स्वास्थ्यस्थिति बुझ्न प्रचण्ड अस्पतालमा

आइतबार, असार १२, २०७९

काठमाडौँ । सबैभन्दा कम उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान कायम गरेका  शम्भु तामाङको स्वास्थ्यअवस्थाका बारेमा राजनीतिक नेतृत्वले चासो लिएको छ । उनी यतिबेला क्यान्सर रोगसँग लडिरहेका  छन्  । लिसङ्खुपाखर गाउँपालिका–२, सिन्धुपाल्चोक स्थायी घर भई हाल काठमाडौँ महाराजगञ्ज निवासी तामाङले सन् १९७३ मे ५ तारिखका दिन सगरमाथाको सफल आरोहण गरेका  थिए  । 

सगरमाथाको शिखर चुम्दा तामाङ मात्रै १७ वर्ष ६ महिना १५ दिनको थिए  । सबैभन्दा कम उमेरमा सगरमाथाको आरोहण गरेर गिनिज बुकमा नाम लेखाउन सफल तामाङको स्वास्थ्योपचारमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्डले  चासो व्यक्त गरेका  छन्  । आज बिहान ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल पुुगी तामाङको स्वास्थ्यस्थितिबारे अध्यक्ष दाहालले जानकारी लिएका छन्  । तामाङ विगत लामो समयदेखि क्यान्सर रोगको उपचारका क्रममा अस्पतालमा  छन्  । तामाङको स्वास्थ्य अवस्थाबारे अध्यक्ष दाहालले चिकित्सकबाट जानकारी लिएको  उनको सचिवालयले जनाएको छ । 

अध्यक्ष दाहालले उनको विगत र अहिले भइरहेको स्वास्थ्य अवस्थाबारे कुराकानी गरेका  थिए  । अध्यक्ष दाहालले देशका लागि तामाङले पुु¥याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै स्वास्थ्योपचारमा सरकारका तर्फबाट सहयोग दिलाउन पहल गर्ने बताए  । रासस 

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  ११:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार