सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । गोदावरी नगरपालिकाले नगरभित्रका युवाहरुलाई उद्यमी बनाउन विशेष कार्यक्रम ल्याएको छ । आर्थिक वर्ष ०७९÷ २०८० को पारित बजेट र नीति तथा कार्यक्रममा उक्त कार्यक्रमका बारेमा उल्लेख छ । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले नगरभित्रका युवाहरुलाई उद्यमी बनाउन उद्यम गर्न चाहने युवा र महिलालाई सहकारीसँग समन्वय गरी न्यून ब्याजदरमा ऋण उपलब्ध गराउने बताए । युवा रोजगार कार्यक्रम अन्तर्गत ५० — ५०को अवधारण अनुसार नगरभित्रका युवाहरुलाई उद्यमी बनाउन युवा लक्षित कार्यक्रम संचालन गरिने उल्लेख छ ।
युवा कृषकहरुलाई गोदावरी उद्योग वाणिज्यसँग सहकार्य गरी न्यून ब्याजदरमा ऋणको व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगरपालिकाले महिलाहरुलाई उद्यमी बनाउन झोला, चप्पल, साबुन , कपडा तथा सौन्दर्य सामान उत्पादनका लागि लागि साना उद्योग स्थापनाको नीति अबलम्बन गर्ने नगरप्रमुख महर्जनले बताए ।