सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । नेपाल विद्युत प्राधिकरणले ललितपुर महानगरको मुख्य मुख्य चोकमा टाँगिएका विद्युतीय लाइन(तार)लाई भूमिगत गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनसँगको भेटमा उक्त कुरा बताएका हुन् ।
कुलमान घिसिङले भने,‘हाललाई महानगरको मुख्य —मुख्य चोकहरुमा रहेका विद्युतीय वितरण लाइनसुदढृणीकरण गर्ने कार्य अन्तर्गत यो काम गर्न लागेका हौं । ’ उनले यो कार्यका लागि सरोकारवाला निकायसँग समन्वय अत्यावश्यक भएको बताए । यसका लागि महानगरले निर्वाह गर्ने भूमिका महत्वपूर्ण भएको घिसिङको भनाई थियो । महानगर प्रमुख चिरीबाबु महर्जनले सरोकारवाला सम्पूर्ण निकायसँग महानगरले समन्वय गर्ने बताए । उनले भने, ‘यो कामले सहरलाई सुन्दर बनाउँछ, जतिसक्दो छिटो काम थालौं । ’
प्राधिकरणका अनुसार पहिलो चरण अन्तर्गत थापाथली —पुल्चोक— एकान्तकुना , जावलाखेल — लगनखेल —सातदोबाटो , भनिमण्डल चोकबाट झम्सिखेल बागमती करिडोर लगायतका स्थानमा टाँगिएका विद्युत वितरण लाइनलाई भूमिगत गरिनेछ । ललितपुर, भक्तपुर वितरण प्रणाली सुदढृणीकरण आयोजनाका प्रमुख विरेन्द्रकुमार झाले विद्युतीय लाइन भूमिगत गर्ने कामको डिजाइन अन्तिम चरणमा पुगेको बताए । उनले भने, ‘सामानहरु केही आउने चरणमा छ,केही आइपुगिसकेको छ, जतिसक्दो छिटो काम थल्छौं ।’ उक्त भेटघाट कार्यक्रममा ललितपुर महानगरकी उपप्रमुख मंजली शाक्य पनि उपस्थित थिइन् ।