सोसल मिडिया
Contact Us
युनिकोड
लमजुङ । राइनास नगरपालिकाले आगामी आर्थिक बर्षको लागि ५९ करोड बढीको बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्ष ०७९/०८० को लागि नगरपालिकाले ५९ करोड ३९ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको हो ।नगरपालिकाले १० औँ नगर सभामा नगरपालिकाको उपप्रमुख पुष्पराज खनालले आगामी वर्षको लागि उक्त बजेट प्रस्तुत गरेका हुन् । उनका अनुसार चालुतर्फ ४२ करोड ४२ लाख र पूँजीगततर्फ १६ करोड ९७ लाख रुपैयाँ बजेट रहेको छ ।
नगरपालिकाले आगामी वर्षका लागि कृषिमा व्यवसायीकरण, आधुनिकीकरण, दीगो र गुणस्तरीय पूर्वाधार, स्वास्थ्य शिक्षा खानेपानीमा सबैको पहुँच उत्पादन र रोजगारी प्रवद्र्धनमार्फत गरिवी निवारणलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम ल्याएको नगर प्रमुख खड्गबहादुर गुरुङले बताए ।