कुमारी बैंक ग्राहकले माया मेट्रो अस्पतालमा विशेष छुट पाउने

बिहीबार, असार १६, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । कुमारी बैंक लिमिटेड र कैलालीको धनगढीस्थत माया मेट्रो अस्पतालबीच छुट सम्झौता भएको छ । यो सम्झौतासँगै अब कुमारी बैंकका ग्राहकले माया मेट्रो अस्पतालबाट प्रदान गरिने स्वस्थ्य उपचारसम्बन्धी सेवाहरूमा विशेष छुट पाउनेछन् । 

यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले उक्त अस्पतालबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट वा क्रेडिट कार्डबाट गर्दा ल्याब, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राम, एन्डोसकोपी, बेड चार्जमा १० प्रतिशत छुट र ओटी, एम्बुलेन्स सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त छ ।

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १२:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार