भोकमारी हटाउन पातारासीले बनाउँदैछ खाद्यअधिकार तथा कृषि रणनीतिक योजना

बिहीबार, असार १६, २०७९
मयुर प्लाई
Global Ime Bank

जुम्ला । संविधानले ग्यारेण्टि गरेकाे खाद्य, अधिकार तथा  खाद्य स्वच्छता तथा खाद्य सम्प्रभूता, मौलिक हकलाई कार्यान्वयन गर्न पातारासी गाउँपालिकाले खाद्यअधिकार तथा कृषि रणनीतिक योजना बनाउन थालेकाे छ । 

खाद्यमा नागरिकको पहुँच सुनिश्चित गर्न पातारासी गाउँपालिकाका प्रमुख, उपप्रमुख, कर्मचारीहरू र सरोकारवालाहरूको सहभागितामा खाद्य अधिकार तथा  कृषि रणनीतिक याेजना  निर्माण गर्न थालिएको  विश्व खाद्य कार्यक्रमका कर्णाली प्रदेश संयोजक भानु लिम्बूले बताए । पातारासीमा खाद्य अधिकार तथा कृषि रणनीतिका योजनाको मस्यौदा निर्माण गर्न छलफल सुरु भएको छ । 

नेपाल सरकारको खाद्य अधिकार तथा  कृषि रणनीतिको योजनाको कार्यान्वयन, यसको मुल्याङ्कन तथा अनुगमनसम्बन्धी पातारासीका निर्वाचित जनप्रतिनिधि र सरोकारवालाबीच तीन दिने गोष्ठी गरिएको हो । संयोजक लिम्बूले भने, 'कर्णाली प्रदेश कृषि मन्त्रालयको आर्थिक सहयोग, पातारासी गाउँपालिकाको कृषि शाखाको आयोजना र विश्वखाद्य कार्यक्रमको समन्वयमा यस्ता कार्यक्रम गरिएको हो ।' 

खाद्य अधिकार तथा कृषि रणनीतिक योजना बनाउन पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाको संयोजकत्वमा कार्यदल गठन भएको छ ।

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १४:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार