सोसल मिडिया
Contact Us
युनिकोड
पोखरा ।पोखरा महानगरपालिकाले नगरक्षेत्रभित्र हुने मुख्य उत्पादनको बिक्री मूल्य तोकेको छ । लगानी र मेहिनतको मापदण्डको आधारमा २३ वटा उत्पादनको न्युनतम समर्थन मूल्य निर्धारण गरिएको हो । उपमेयर मन्जुदेवी गुरुङले मूल्यसूची सार्वजनिक गरेकी हुन् ।पोखराको पहिचानका रुपमा रहेको जेठोबुढो धान, मकै, गहुँ, कोदो, फापर, कागुनो, तोरी, काउली, बन्दा, रायोसाग, गोलभेडा, सिमी, घिरौंला, काँक्रो, करेला, आलु, अदुवा, खुर्सानी, लसुन, प्याज, कार्पमाछा, मह र च्याउको मूल्य निर्धारण गरिएको हो ।
महानगरले तोकेको मूल्यअनुसार पोखरेली जेठोबुढो धान प्रतिकिलो ९० रुपैयाँ छ । मह ७५० रुपैयाँ प्रतिकिलो छ भने खुर्सानी ५२ रुपैयाँ किलो तोकिएको छ । तर, पोखरा महानगरले तोकेको मूल्यमा उक्त उपज पाउन मुस्किल छ । यहाँका मण्डीहरूमा निकै महंगो तिरेर उपभोक्ताले खाद्यान्न तथा तरकारी खरिद गर्न बाध्य छन् ।