तनहुका गाउँका सिंहदवार भाडा मुक्त  

सोमबार, चैत २३, २०७७

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका मातहतमा रहेका सबै वडा कार्यालय भाडामुक्त बनेका छन् । चालु आर्थिक वर्षमा एकै साथ तीन वडाभवन निर्माण सम्पन्न गरेपछि भाडामुक्त बनेको हो ।  चालु आर्थिक वर्षमा २, ५ र ७ वडाका भवन निर्माण गरिएको हो । गत वर्ष वडा नं ३, ४, ९, १० र ११ का वडा भवन निर्माण गरिएको थियो । बाह्रवटा बडा रहेकामध्ये १, ६, ८ र १२ नं वडा साविकको गाविस भवन मर्मत सम्भार गरी सेवा प्रवाह गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए । शुक्लागण्डकी नगरपालिका–९ को नवनिर्मित वडा कार्यालय भवन सञ्चालनमा ल्याइएको छ । कूल रु ५१ लाख १३ हजारको लागतमा तीन कोठा एक हलसहितको भवन निर्माण गरिएको हो ।  शुरुका वर्षदेखि प्रत्येक वडा भवन निर्माणका लागि भूगोल र जनसङ्ख्याको आधारमा बजेट विनियोजन गर्दै आएको नगरपालिकाका प्रमुख किसान गुरुङले बताए । त्यसैगरी व्यास नगरपालिका कार्यालय मातहतमा रहेका चौध वडा कार्यालय भाडामुक्त बन्ने अन्तिम चरणमा छन् । ब्यास–१ स्थित चारकुनेमा वडा कार्यालय भवन निर्माण भइरहेकाले छिट्टै भाडामुक्त बन्ने अवस्थामा रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । नगरपालिकाभित्र रहेका स्वास्थ्य केन्द्र भाडामुक्त अवस्थामा रहेको नगरपालिकाले जनाएको छ ।  त्यसैगरी आँबुखैरेनी गाउँपालिका वडाको पनि आफ्नै भवन हुने गरी छ वटै वडाका भवन निर्माण भइरहेको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए ।  जिल्लाको बन्दिपुर, भानु, देवघाट, घिरिङ, ऋषिङ, भिमाद र म्याग्देलगायतका पालिका मातहतमा रहेका वडा तथा स्वास्थ्य केन्द्रको भवन निर्माण तीव्ररूपमा भइरहेको बताइएको छ ।
 

प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  १९:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार