प्याब्सनद्धारा निजी विद्यालयका शिक्षकहरुलाई गुणस्तर वृद्धि तालिम

शनिबार, असार १८, २०७९
मयुर प्लाई

ललितपुर । ललितपुरका निजी विद्यालयमा अध्यापन गराउने शिक्षक–शिक्षिकाहरूका लागि प्याब्सनले शिक्षण सिकाइका बारेमा प्रशिक्षण दिएको छ । स्कुल म्यानेजमेन्ट एण्ड रिसर्च टिम (स्मार्ट)ले जिल्लाका २३ वटा निजी विद्यालयका दुई सय १३ जना शिक्षक शिक्षिकालाई एक दिने शिक्षण तालिम दिएको हो । 

तलिम समापनका अवसरमा प्याब्सनका अध्यक्ष डिके ढुङगानाले शिक्षकलाई पेशाप्रति इमान्दार भइ अघि बढ्न प्रेरित गरे । आफु न्यूनस्तरको शिक्षक भएर शिक्षण पेशामा अगाडि बढेको अनुभव सुनाउँदै उनले पेशालाई निरन्तर आत्मसाथ गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए । उनले शिक्षण पेशा समाजमा मर्यादित पेशा भएकाले यसलाई व्यवस्थित बनाउन प्याब्सनले नयाँ नयाँ कार्यक्रम ल्याउने उन्लेख गरे । 

उनले शिक्षकहरुलाई तालिममा आफूले सिकेको सिप व्यवहारमा उतार्नु पर्नेमा जोड दिए । 
उनले विभिन्न विश्वविद्यालयहरुसंग सहकार्य गरी शिक्षकहरुको गुणस्तर  विकासकालागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको जानकारी दिए  । ललितपुर प्याब्सनका अध्यक्ष निरज महर्जनले शिक्षकहरmले किताबको पानामा भएका मात्र विद्यार्थीलाई नदिएर शिक्षण सिकाईलाई प्रभावकारी बनाउन डिजिटल प्रविधीको प्रयोग गरी कक्षा कोठालाई प्रभावकारी बनाउनु पर्ने बताए । 


ललितपुर प्याब्सनका उपाध्यक्ष तारा खनालले शिक्षकहरुलाई स्मार्टले विभिन्न समयमा तालिमको व्यवस्थापन गरी केन्द्रसंग पनि सहकार्य गरेर काम गर्ने बताए । उक्त तालिमका प्रशिक्षक श्याम आचार्यले आजको तालिमले शिक्षकहरु बिच सम्बन्ध स्थापना गरेको बताए उनले भने निजी विद्यालयहरुले पनि राष्ट्रिय पाठ्यक्रममा आधारित भएर पठनपाठन गराउन आग्रह गरे । अङग्रेजी, सामाजिक, गणित, विज्ञान र नेपालीे विषयका शिक्षक अनुसार शिक्षकहरुलाई छुट्टाछुट्टै तालिम दिएइको थियो ।  291486526_1220658045360120_4809089392828343613_n1656772692.jpg

प्रकाशित मिति: शनिबार, असार १८, २०७९  १९:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार