व्यवसायिक दक्षतामा आँच आउने गरी प्रकाशित समाचारको पाथीभरा सहकारीको खण्डन(विज्ञप्ति सहित)

सहकारीका कार्यकारी अध्यक्ष भन्छन्, ‘समाचारमा उल्लेख भएका विवरण सरासर झुठ हुन्’
आइतबार, असार १९, २०७९
Global Ime Bank

ललितपुर । पाथीभरा बचत तथा ऋण सहकारी संस्था लि.ले केही अनलाइन मिडियामा आएको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै समाचारमा उल्लेख गरिएका विवरणमा कुनै सत्यता नभएको दाबी गरेका छन् । 
पाथीभरा बचत तथा ऋण सहकारी संस्था लि. कार्यकारी अध्यक्ष अनुप न्यौपानेले आइतबार प्रेस विज्ञप्ति प्रकाशित गरी भ्रामक समाचार प्रकाशित गर्दा आफ्नो व्यवसायिक शाखमा आँच पुग्न गएको बताएका छन् । 

pathivara p1656828944.jpg

p & P1656829300.jpg

‘केही व्यवसायिक प्रतिस्पर्धी समूह र व्यक्तिहरुको उक्साहटमा केही अनलाइन सञ्चारमाध्यममा विभिन्न लान्छानासहित मिथ्या–भ्रामक, तथ्यहिन र अफवाह फैलाउने गरी बिना प्रमाण, बिना सूचना, बिना सुझबुझका साथ समाचार प्रकाशित भएको प्रति गम्भीर ध्यानाकर्षण भएको छ’, उनले विज्ञप्तिमा भनेका छन् । 
विज्ञप्तिमा उनले अगाडि लेखेका छन्, ‘पाथीभरा बचत तथा ऋण सहकारी संस्था लि.का कार्यकारी अध्यक्षविरुद्ध तथ्यहिन भ्रामक समाचार प्रकाशित गर्दा कुनै पनि सामाजिक संघ संस्था तथा व्यक्तिहरु प्रति र समाजप्रति कस्तो किसिमको असर पर्छ भन्ने कुराको न्यूनतम ख्याल नगरी देशको चौथो अङगका रुपमा रहेको सञ्चार माध्यमहरुले समाचार प्रकाशित गर्नु कतिको जायज छ भन्ने कुरा सोचनिय विषय हो ।’ 

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  ११:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार