नेप्से परिसूचक २ हजार विन्दुमुनि ओर्लियो

शुक्रबार, असार २४, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं  ।  साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक दुई हजार विन्दुमुनि ओर्लिएको छ । यसदिन परिसूचक ३४ दशमलव ७१ अंक घटेर १ हजार ९९२ दशमलव ६१ विन्दुमा झरेको हो । कारोबारमा आएका २१७ धितोपत्रको ३० लाख ६३ हजार ४७६ कित्ता सेयर २० हजार १२२ पटकमा १ अर्ब १६ करोड ८४ लाख ५१ हजार ३९५ रुपैयाँ बराबरको सेयर खरीद बिक्री भएको छ ।

यस हप्ता नेप्से परिसूचक २ हजार १२० दशमलव ७९ विन्दुसम्म पुगेको थियो । बढेको बजारमा लगानीकर्ताले प्रोफिट बुक गरेसँगै बजारमा करेक्सन आएको देखिन्छ । यस साता नेप्से परिसूचक २ दिन बढेको हो भने बाँकी सबैदिन घटेर बन्द भएको छ ।  आइतबार १९ असारमा नेप्से परिसूचक ५७ दशमलव ६५ अंक बढेको थियो । त्यसपछि बुधबार नेप्से १३ दशमलव ३३ अंक बढेको हो ।   यद्यपि बजार घटबढ भइरहन्छ । लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको आधारभूत र प्राविधिक पक्ष राम्रोसँग केलाएर लगानी गरेमा प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

कारोबारमा आएका धितोपत्रमध्ये ग्लोबल आईएमई समुन्नत स्किम १ को इकाइ मूल्य २ दशमलव ८२ प्रतिशत बढेर ९ दशमलव ८५ पुगेको छ । त्यसैगरी नबिल इक्विटी फण्डको इकाई मूल्य २ दशमलव ४६ प्रतिशत बढेर ९ दशमलव ९९ पुगेको छ । शुक्रबार सबैभन्दा बढी हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य ५ दशमलव ४४ प्रतिशत घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२६ रुपैयाँमा झरेको हो । याे सूचीमा दोस्रोमा छ बलेफी हाइड्रोपावर लिमिटेड । कम्पनीको सेयर मूल्य ४ दशमलव ९० प्रतिशत घटेर २३३ रुपैयाँ कायम भएको छ । 

यस दिन सर्वाधिक सेयर खरिद बिक्री शिवम् सिमेन्टको भएको छ । कम्पनीको ५ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । सर्वाधिक सेयर खरिद बिक्री हुने दोस्रोमा युनाइटेड इदी मर्दी आरवी हाइड्रोपावरको ३ करोड ९७ लाख रुपैयाँ बराबरको भएको छ ।यसदिन कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक समग्र घटेसँगै नेप्से परिसूचक घटेको हो । १३ वटा समूहगत परिसूचकमध्ये सबैभन्दा बढी होटल एन्ट टुरिजम समूहको परिसूचक ३ दशमलव १८ प्रतिशत घटेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  १७:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार