राष्ट्रपतिबाट तीन देशका लागि राजदूत नियुक्त

शुक्रबार, असार २४, २०७९

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा विभिन्न तीन देशका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले ओमन, साउदी अरेबिया र श्रीलङ्काका लागि आवासीय राजदूत नियुक्त गरेकी हुन् । उनले डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलङ्काका लागि आज राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । 
नेपालको संविधानबमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राजदूत नियुक्त गरिएको हो ।
 

प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  १७:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार