ध्यान केन्द्रमा बुद्धका आँखा

सोमबार, असार २७, २०७९
मयुर प्लाई
Global Ime Bank

भैरहवा, ।   लुम्बिनीमा निर्माण भएको ध्यानकेन्द्रमा बुद्धको आँखाको झल्को आउने गरी  आँखाको चित्र निर्माण गरिएको  छ । ध्यानकेन्द्रको छानामा बुद्धको आँखाको चित्र कोरिएको  लुम्बिनी विकास कोषले जनाएको हो । हेलिकप्टर र  प्लाराग्लाइटिङमार्फत लुम्बिनी अवलोकन गर्न चाहने पर्यटकले उक्त  आँखा अवलोकन गर्नसक्ने छन् । झन्डै रु ७२ करोडको लागतमा निर्माण हुँदै गरेको यो ध्यानकेन्द्रमा दुई हजार ५०० स्क्वार फुटको ठूलो बुद्धको शान्तिको प्रतिक आँखा निर्माण गरिएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए  । 

दक्षिण एसियाकै  नमूना ध्यानकेन्द्रको रुपमा रहेको यो ध्यानकेन्द्रमा निर्माण गरिएको आँखा  संसारकै ठूलो भएको बौद्ध धर्मालम्बीले जिकिर गरेका छन् । पाँच हजार जनाको क्षमता रहेको  सो ध्यानकेन्द्रको छानामा बुद्धका आँखा निर्माणसँगै पर्यटकको आर्कषण बढने पर्यटन व्यवसायीको अपेक्षा रहेको छ । आधुनिक र प्रविधिमैत्री यो ध्यानकेन्द्र लुम्बिनी प्रदेशको आकर्षणको केन्द्र भएको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोजराज भट्टराईले बताए  ।  बुद्धकालीन कला, संस्कृति र बुद्ध झल्किने आकृतिको वास्तुकलामा निर्माण गरिएको बुद्धका आँखाले शान्तिको प्रतिकको सङ्केत गर्ने उनको भनाइ थियो । ध्यानकेन्द्रको आर्कषणको रुपमा रहेको बुद्धका आँखाले बुद्ध दर्शनको विकासमा समेत सहयोग पुग्ने वास्तुकला विदहरुले बताए ।

ध्यानकेन्द्रको क्षेत्रफल ३८६ दशमलव ८८ वर्गमिटर रहेको छ । अन्तर्रािष्ट्रय बौद्ध सम्मेलन तथा ध्यानका लागि यो कक्ष निर्माण भएपछि उपयोगी हुने कोषले जनाएको छ । साना र ठूला गरी ५५ वटा ढोका हुने ध्यानकेन्द्रमा बाहिरी भागमा हेलिप्याडसमेत निर्माण गरिएको छ । ध्यानकेन्द्रको निर्माणसँगै यसको वरिपरिको सौन्दर्य, अतिथि भवन, पार्किङ, शौचालय, पानीको फोहरा, मूलद्वार निर्माण गरिएका छन् ।

सडकदेखि प्रवेशद्वार र वृक्षरोपणका कामलाई निरन्तरता दिएको कोषले अवको केही वर्षमा बास्तुकलाविद् केञ्जो टाङगेले तयार गरेको गुरुयोजना पूरा गर्ने चरणमा रहेको छ । बुद्धको जन्मस्थल लुम्बिनी, राजदरबार तिलौराकोट, मावली, देवदह र अस्तुधातु भएको रामग्रामको विकासमा पनि उक्त कोषले थप सोच्नुपर्नेमा सरोकारवालाहरुले जोड दिए । 

गौतमबुद्ध विमानस्थलमा विज एयर आउने
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विज एयरले अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । आउँदो सेप्टेम्बरदेखि उक्त एयरले उडान भर्ने तयारी गरेको हो । हालसम्म कुवेतको जजिरा एयरलाइन्सले मात्र व्यावसायिक उडान भरिरहेको यो विमानस्थलबाट विजले पनि उडान भर्न लागेकोे हो ।

जजिराले सोमबार, बुधबार शनिबार उडान गर्दै आएको छ । जजिरासँगै अव यस विमानस्थलबाट उडान गर्नका लागि विज एयरले पनि सुरु गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ ।उक्त विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले भन्नुभयो, हङ्गेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको ‘अल्ट्रा लो कस्ट एस वायुसेवा’को विज एयरले भैरहवाबाट यूएईको अबुधाबीसम्म उडान भर्ने तयारी गरिरहेको छ । भैरहवाबाट विज एयरले एयरबस ३२१ निओ सिरिजको जहाजमाफर्त् उडान सञ्चालन गर्ने योजना बनाएको छ । विजले १९० सिट क्षमताको उक्त जहाज नेपालमै पहिलो पटक उडान गर्न लागेको हो ।

जहाज एयरबस कम्पनीले उत्पादन गरेको पछिल्लो संस्करणको जहाजमध्ये एक रहेको जनाइएको छ । गत जेठ २ गतेदेखि व्यावसायिकरुपमा सञ्चालनमा आएको उक्त विमानस्थलबाट पछिल्लो समय नियमित उडान भर्नका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी इच्छुक देखिएका  छन् ।वायुसेवाका नेपालका लागि आधिकारिक जीएसए सोसाइटी इन्टरनेशनल ट्राभलका अध्यक्ष रविचन्द्र सिंहले विज एयरको मिडिल इस्टमा एसिया हब अबुधाबीमा रहेको र आफूहरु एयर बस ३२१ नियो सिरिजको जहाजमार्फत उडान सेवा दिने तयारीमा रहेको बताए ।  रासस 


 

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १६:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार