विदेश विभाग प्रमुख लिउले गरे स बिपी सङ्ग्रहालयको निरीक्षण

सोमबार, असार २७, २०७९

काठमाडौँ ।   नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओले गोकर्णेश्वर नगरपालिका–१ स्थित बिपी सङ्ग्रहालयको निरीक्षण गरेका  छन्  । विदेश विभाग प्रमुख लिउले बिपी कोइरालाले लामो समय जेल जीवन विताएको   सङ्ग्रहालयको आज निरीक्षण गर्नुका साथै सङ्ग्रहालय परिसरमा वृक्षरोपण गरे  । विदेश विभाग प्रमुख लिउले सङ्ग्रहालयको अभिरुचिपूर्वक अवलोकन गरेको  अध्यक्ष परशुराम पोखरेलले  जानकारी दिए  । 291149040_5406919659328476_1679288896214270965_n-1024x7681657541952.jpg

   भूकम्पपछि सङ्ग्रहालयको पुनःनिर्माण, विगतदेखिको नेपाल चीन मित्रवत सम्बन्ध र बिपी कोइरालाको योगदानको उनले स्मरण गरेका  थिए  । विदेश विभाग प्रमुख लिउले सङ्ग्रहालयमा रहेको आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गरेको  थिए  ।  अध्ययनका क्रममा बिपी कोइरालालाई आफूले बुझेको बताउनुहुँदै उनले सङ्ग्रहालयको अवलोकनले प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई नजिकबाट बुझ्ने अवसर पाएको बताए  । सङ्ग्रहालयका अध्यक्ष पोखरेलले कोइरालाको समग्र पक्षका बारेमा चिनियाँ विदेश विभाग प्रमुख लिउलाई जानकारी गराएका  थिए  । रासस 

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १८:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार