सोसल मिडिया
Contact Us
युनिकोड
कर्णाली । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले यहाँका ११० क्यान्सरपीडितलाई यातायात खर्च प्रदान गरेको छ ।कार्यालयले चालु आर्थिक वर्ष २०७८-७९ मा ती बिररामीलाई जनही १० हजार रुपैयाँका दरले ११ लाख रुपैयाँ उपलब्ध गराएको हो । सुर्खेतमा क्यान्सरको उपचार नहुने र उपचारका लागि बाहिर जानुपर्ने बाध्यता भएका बिरामीलाई थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उनीहरुलाई यातायात खर्चको व्यवस्थापन गरिएको कार्यालय प्रमुख गणेशभक्त गौतमले जानकारी दिए । “क्यान्सरपीडितलाई एकपटक रकम दिने गरेका छौँ”, उनले भने, “आर्थिक अवस्था अत्यन्तै कमजोर भएका पीडितलाई भने दोहो¥याएर पनि यातायात खर्च उपलब्ध गरिएको छ ।” त्यस्तै दोहोरिएर आएका क्षयरोगका बिरामीलाई दिएको पोषण तथा यातायात खर्चअन्तर्गत प्रतिव्यक्ति मासिक ५०० रुपैयाँ दरले छ महिनाको तीन हजार रुपैयाँका दरले दुई लाख रुपैयाँ रकम भुक्तानी भएको कार्यालयले जनाएकोे छ । उनले भने, “एमडीआर टिबी भएका बिरामीलाई चालु आवमा प्रतिमहिना तीन हजारका दरले चार लाख रुपैयाँ रकम भुक्तानी भएको छ । आमा सुरक्षा कार्यक्रमअन्तर्गत आकस्मिक अवस्थाका गर्भवती तथा सुत्केरीलाई एम्बुलेन्समार्फत अस्पताल पु¥याउँदा छ महिलालाई ५१ हजार रुपैयाँ प्रदान उपलब्ध गरेका छौँ ।” त्यसैगरी महिला स्वास्थ्य स्वयंसेविकाको बिदाइका निम्ति दुई लाख ८० हजार खर्च भएको छ । चालु आव २०७८÷७९ मा प्राप्त १२ करोड रुपैयाँ बजेटमा ९५ प्रतिशत भौतिक र ८५ प्रतिशत वित्तीय प्रगति भएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।–रासस