सोसल मिडिया
Contact Us
युनिकोड
मुगु । मुगुको पूर्वी भेगकाे मुगुमकार्मारोङ्ग गाउँपालिकामा पछिल्लाे समय चौंरी पालन फस्टाउन थालेको छ । केही समयअघि गाउँबाटै हराउने अवस्थामा पुगेकाे चाैरी पालनमा अहिले भने स्थानीयले रूची देखाउँन थालेका छन् ।कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयअन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पशु अस्पताल तथा पशुसेवा कार्यालय मुगुको आर्थिक सहयोग पाएपछि चौंरी पालन फस्टाउदै गएको हो ।मुगमकामारोङ्ग गाँउपालिका-५ दाउरागाँउमा ‘एक निर्वाचन क्षेत्र, एक पकेट क्षेत्र’ कार्यक्रमअन्तर्गत हिमाली रिसर्च स्टोर फर एग्रिकल्चर एण्ड हब्स प्राइभेट लिमिटेडले चौरी पालन व्यवसाय सञ्चालमा सहयाेग गरिरहेकाे छ ।
चौरीपालनबाट स्थानीयकाे आयआर्जन मात्रै बढेकाे छैन्, दूध, उन, मासु, छुर्पी उत्पादन लगायतमा समेत सहयाेग पुगेकाे छ । चौंरी पालन फर्म जिल्ला पशु सेवा कार्यालयबाट ५० प्रतिशत र ५० प्रतिशत निजी लगानीमा तीन वर्षअघि सञ्चालनमा आएकाे हाे । अहिले यस फर्ममा ४३ वटा चौरी छन् । चौरी फर्म सञ्चालक गुरु स्याङ्ग्या लामाका अनुसार नाै महिना हिमालको हावापानीमा पालिन्छ भने बाँकी तीन महिना बेँसीतिर पाल्ने गरिन्छ । बेँसीमा भने चौंरीलाई औंल लाग्ने उनले बताए ।लेकमा पाल्दा पनि दाना, घाँस, नुनलगायतको समस्या हुने गरेको छ ।